काठमाडौं – दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार बुधवार साँझ ७.७ म्याग्निच्युटको भूकम्प गएको हो ।
भूकम्प लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइमा गएको जनाइएको छ ।
भूूकम्पको धक्का न्यूजिल्यान्डदेखि इन्डोनेसियासम्म महसूस गरिएको छ ।
भूकम्पले पुर्याएको क्षतिको विवरण भने आइसकेको छैन ।
अस्ट्रेलियाको मौसम एजेन्सीले दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको भूकम्प गएका कारण सुनामी आएको पुष्टि समेत गरेको छ ।
ब्यूरो अफ मेट्रोलोजी अस्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।
अमेरिकी सुनामी चेतावनी केन्द्रले भानुआटु र फिजीमा सुनामीको लहर १ देखि ३.३ फुट माथिसम्म आउनसक्ने खतरनाक चेतावनी दिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।