आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अमेरिकी राष्ट्रपति जो बाइडनले लिए कडा ‘एक्सन’, यस्तो आदेशमा हस्ताक्षर

अमेरिकी राष्ट्रपति जो बाइडनले लिए कडा ‘एक्सन’, यस्तो आदेशमा हस्ताक्षर

  • मिडिया डबली
  • बिहिवार, माघ २९ २०७७

  • 4.4K
    SHARES

  • अमेरिकी राष्ट्रपति जो बाइडनले लिए कडा ‘एक्सन’, यस्तो आदेशमा हस्ताक्षर

    काठमाडौं – कडा एक्सनमा उत्रिएका अमेरिकी राष्ट्रपति जो बाइडनले म्यानमारमाथि प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् ।

    राष्ट्रपति बाइडनले बुधवार म्यानमारमा सैनिक कूको योजना बनाउने, कू गर्ने सेनाका जनरल र परिवारका सदस्यहरुलाई प्रतिबन्ध लगाउने गरी आदेशमा हस्ताक्षर गरेका छन् ।

    बाइडनले आदेशमा हस्ताक्षर गरेपछि अमेरिकाले पहिलो चरणमा १ हप्ताभित्र कसलाई के–केमा प्रतिबन्ध लगाउने भन्ने निर्क्यौल गर्नेछ ।

    पहिलो चरणमा अमेरिकामा रहेको म्यानमार सरकारको १ अर्ब अमेरिकी डलरमा सैनिक जनरलहरुको पहुँच पनि रोक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    ‘हामी निर्यातमा अझ कडा नियन्त्रण गर्दैछौं । म्यानमार सरकारलाई फाइदा पुग्ने अमेरिकी सम्पत्ति फ्रिज गर्दैछौं तर स्वास्थ्य हेरचाह, नागरिक समूह र म्यानमारका जनतालाई प्रत्यक्ष फाइदा पुग्ने अन्य क्षेत्रको सहयोगलाई जारी राख्नेछौं,’ उनले  भने, ‘हामी थप प्रतिबन्ध लगाउन पनि तयार रहने छौं र  यो प्रयासमा अरु मुलुकलाई जोड्न अन्तर्राष्ट्रिय साझेदारसँग निरन्तर काम गर्नेछौं ।’

    बाइडनले नेत्री आङ सान सुकीसहित अन्य नेताहरुलाई  तत्काल रिहा गर्न र सत्ता हस्तान्तरण गर्न पनि म्यानमारको सेनालाई सचेत गराएका छन् ।

    म्यानमारको सेनाले गत फेब्रुअरी १ मा नागरिक सरकार अपदस्त गरेर सत्ता हत्याएको थियो । गत नोभेम्बरमा भएको चुनावमा धाँधली भएको भन्दै सेनाले चुनावबाट निर्वाचित भएका सांसदहरुको पहिलो बैठक बस्न लागेको दिन नै सत्ता कब्जा गरेको थियो ।

    सन् २०११ मा सैनिक शासनको अन्त्य भएको म्यानमारमा सेनाले फेरि कू गरेपछि अन्तर्राष्ट्रिय समुदायले आलोचना गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ २९ २०७७०७:२३:३७

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend