काठमाडौं – मन्त्रिपरिषद् बैठकले सोनाम ल्होसारको अवसरमा माघ ३० गते सार्वजनिक बिदा दिने आकस्मिक निर्णय गरेको छ ।
सार्वजनिक बिदाबारे सरकारले वार्षिक क्यालेन्डरमै उल्लेख गर्ने गरेको भए पनि ल्होसारको बिदा आकस्मिक रूपमा दिइएको छ ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले ३० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । सोनाम ल्होसारलाई नयाँ वर्षको रूपमा तामाङ, ह्योल्मो लगायतका हिमाली समुदायले मनाउने गरेका छन् ।
यसअघि सरकारले ल्होसार, माघे संक्रान्ति लगायतका चाडपर्वको बिदा कटौती गरेको थियो ।
सरकारले बैशाख १७ र २७ गते मध्यावधि निर्वाचन घोषणा गरेको बेला विभिन्न समुदायलाई खुसी पार्न बिदा दिन लागेको चर्चा सुरू भएको छ ।
यसअघि सरकारले माघे संक्रान्तिको दिन पनि सार्वजनिक बिदा दिएको थियो ।
सरकारले २०५१ सालदेखि सोनाम ल्होसारको दिन बिदा दिँदै आएको भए पनि ओली नेतृत्वको सरकारले २०७४ सालदेखि बिदा कटौती गरेको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।