आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

चीनसँगको विवादपछि जर्मनीले नौसेना विमान जापान पठाउँदै 

चीनसँगको विवादपछि जर्मनीले नौसेना विमान जापान पठाउँदै 

  • मिडिया डबली
  • सोमवार, माघ २६ २०७७

  • 3.7K
    SHARES

  • चीनसँगको विवादपछि जर्मनीले नौसेना विमान जापान पठाउँदै 

    लन्डन - जर्मन सरकारले इण्डो-प्रशान्त क्षेत्रमा आफ्नो नयाँ फोकसको हिस्साको रूपमा जापानमा एउटा नौसेना विमान पठाउने भएको छ । जर्मनीको नौसेना विमान दक्षिण कोरिया र अष्ट्रेलियासहित सम्भावित पोर्ट हुँदै जापान जाने बताइएको छ । 

    इन्डो-प्यासिफिक क्षेत्रमा जर्मनीको यो दुर्लभ चासो हो । बेलायत, फ्रान्सलगायतका युरोपियन मुलुकहरुले साउथ चाइना सीको विवादमा चासो व्यक्त गरे पनि जर्मनीले कुनै कदम चालेको थिएन । 

    पछिल्लो समय जर्मनको मन्त्रिपरिषद्ले नयाँ इन्डो-प्यासिफिक गाइडलाइन्स अनुमोदन गरेसँगै यस क्षेत्रमा चासो बढाउँदै लगेको हो । जर्मनीले इन्डो-प्यासिफिक क्षेत्रको कानुनी शासनको महत्त्व र यस क्षेत्रमा खुला बजारहरूलाई प्रबर्धन गर्ने कुरामा जोड दिएको छ । 

    जर्मनीको नयाँ रणनीति अनुसार पहिलो पटक जापानमा आफ्नो नौसेना विमान पठाउने भएको हो । रक्षा मन्त्रालयका संसदीय राज्य सचिव थोमस सिल्बरहर्नले भने, " "हामीले अबको समर सिजनमा यात्राको सुरु गर्ने अपेक्षा राखेका छौं । हामीले यसबारे विस्तृत जानकारी लिइसकेका छैनौं, तर जापानलाई सम्भावित कलको रूपमा हेर्दै छौं ।" 

    प्रजातान्त्रिक मुलुकहरुमा जर्मनीका साझेदारसँगको सम्बन्धलाई थप बलियो बनाउने अभियानको थालनीअन्तर्गत यो कदम चाल्‍न लागिएकोसमेत उनले बताएका छन् । 

    सिल्भरहर्नले यो योजना "कसैको उद्देश्यले नभएको" जोड दिँदै बर्लिनले चिनियाँ विस्तारवादलाई स्पष्ट रूपमा दिमागमा राखेकोसमेत बताएका छन् । अमेरिका, फ्रान्स र नेदरल्याण्डमा पनि इन्डो-प्यासिफिक रणनीति अनुरुप इन्डो-प्यासेफिक रणनीति बनाएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २६ २०७७०७:१८:३०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend