आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

के जो बाइडेनले समाधान गर्न सक्छन् पाकिस्तानको द्विविधा ? 

के जो बाइडेनले समाधान गर्न सक्छन् पाकिस्तानको द्विविधा ? 

  • मिडिया डबली
  • आइतवार, माघ २५ २०७७

  • 3.2K
    SHARES

  • के जो बाइडेनले समाधान गर्न सक्छन् पाकिस्तानको द्विविधा ? 

    वाशिङ्टन - संयुक्त राज्य अमेरिकाले पाकिस्तानलाई एक मुख्य गैर-नाटो गठबन्धनविरोधी राष्ट्रको रुपमा चित्रित गरेको छ । पाकिस्तानले विभिन्‍न १७ मुलुकहरुको सैन्य व्यापार र सहकार्यमा गरिरहेको कामको विरोध गर्दै आएको छ । 

    यद्पि पाकिस्तानले भने गैर-नाटो गठबन्धनविरुद्ध कुनै गठबन्धन भने बनाएको छैन । फाइनान्सियल एक्सन टास्क फोर्स (एफएटीएफ) को ग्रे लिस्टमा परेको पाकिस्तानको ढुलमुले नीति रहेको प्रष्ट देख्‍न सकिन्छ ।

    एफएटीएफले पाकिस्तानले कसरी आतंकवादका लागि आर्थिक सहयोग गरिरहेको र मनी लन्ड्रिङको मामिलामा संलग्‍न छ भन्‍ने कुराको अध्ययन गरिरहेको अमेरिकी म्यागेजिन नेशल इन्ट्रेस्टले जनाएको छ ।

    अमेरिकी राष्ट्रपति जो बाइडेनले अब पाकिस्तान मोर्चाको परीक्षण गर्नुपर्ने माइकल रुबुनले आफ्नो लेखमा भनेका छन् । उनले भनेका छन्, "अबको केही हप्तामा नै बाइडेनले एफएटीएफले पाकिस्तानले आतंकवादी समस्या समाधानमा भूमिका खेलेको छ कि छैन भन्‍ने निर्क्योल गर्नुपर्छ ।"

    यससँगै पछिल्लो समय चीनसँगको कूटनीतिक सम्बन्ध बढाउँदै लगेको चीनले पाकिस्तानविरुद्धको एफएटीएफको कालो सूचीमा राख्‍ने निर्णयलाई प्रभावित पार्नसक्छ । यसअघि सन् २०२० को अक्टोबरमा पनि चीनले नै पाकिस्तानलाई कालो सूचीमा राख्‍ने निर्णयको बचाउ गरेको थियो । यसपटक पनि बाइडेनले त्यसलाई जसरी पनि रोक्नुपर्ने बताएका छन् । 

    बाइडेनले बहुपक्षीयतालाई जोड दिँदै आएको अवस्थामा अन्तर्राष्ट्रिय सुरक्षा र कानुनी शासनलाई थप जिम्मेवार ढंगले अघि बढाउनुपर्छ । प्रधानमन्त्री इमरान खानले आफ्नो सार्वभौमसत्तालाई चुनौती दिँदै चीनको सहयोगमा कालोसूचीमा रहनबाट जोगाउने प्रयास गरिरहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, माघ २५ २०७७०७:०६:५८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend