बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

खैबर पख्तूनख्वामा पोलियो खोप इस्कर्टिङ गरिरहेका प्रहरीलाई गोली हानी हत्या

खैबर पख्तूनख्वामा पोलियो खोप इस्कर्टिङ गरिरहेका प्रहरीलाई गोली हानी हत्या

  • मिडिया डबली
  • मंगलवार, माघ २० २०७७

  • 15.2K
    SHARES

  • खैबर पख्तूनख्वामा पोलियो खोप इस्कर्टिङ गरिरहेका प्रहरीलाई गोली हानी हत्या

    काराक -  खैबर पख्तूनख्वाको (केपी) कारक जिल्लामा पोलियो खोप  र स्वास्थ्यकर्मीहरूको टोलीलाई इस्कर्टिङ गरे लैजाँदै गरेको एक प्रहरीलाई 'अज्ञात बन्दुकधारीले' गोली हानी हत्या गरेको छ । 

    ती प्रहरी अधिकारीले पोलियोका स्वास्थयकर्मीहरुको टोलीलाई सुरक्षा प्रदान गरिरहेका थिए । प्रहरीको गोली लागि हत्या गरिए पनि स्वास्थ्यकर्मी भने सुरक्षित रहेको पाकिस्तानी सञ्‍चारमाध्यम डनले जनाएको छ । 

    काराकका जिल्लाका प्रहरी अधिकारी (डीपीओ) इरफान उल्लाहले घटनाको पुष्टि गर्दै अपराधीलाई पक्रिन इलाकामा खोजी अभियान सुरु गरिएको बताएका छन् । उनले पोलियो खोप अभियान सोमबारदेखि देशर सुरु भएको बताएका छन् । पोलियो अभियान सुरु भए पनि स्वास्थ्यकर्मी र प्रहरीमाथिको आक्रमण हुने क्रम भने पछिल्लो समय पनि नरोकिएको उनले बताएका छन् । 

    केपी प्रहरी महानिरीक्षक सनाउल्ला अब्बासीले पनि घटनाको विवरण लिँदै प्रहरी अधिकारीको हत्यारालाई छिट्टै पक्राउ गरिने प्रतिबद्धता व्यक्त गरे । उनले पोलियो खोप अभियानमा काम गरिरहेका स्वास्थ्यकर्मीहरुलाई सुरक्षा प्रदान गरिएको बताए । उनले थपे, "प्रहरी अधिकारीको हत्यापछि सुरक्षा सतर्कता बढाइएको छ ।"

    पाकिस्तानमा सोमबारदेखि पाँच दिने पोलियो खोप अभियान सुरु भएको हो । यसअन्तर्गत सरकारले देशभर ५ बर्ष भन्दा कम उमेरका ४० करोड बच्चाहरूलाई खोप दिने योजना बनाएको छ ।

    पाकिस्तान र अफगानिस्तान विश्वका दुई देशहरू हुन् जहाँ पोलियो निर्मुल हुन सकेको छैन । गत वर्ष नाइजेरियालाई पोलियो भाइरसबाट मुक्त घोषणा गरिएको थियो ।

    पाकिस्तानमा पोलियो उन्मूलन अभियान पाकिस्तान सरकारको लागि चुनौती नै बनेको छ किनकि आतंककारीहरूले स्वास्थ्य सेवाकर्मीहरू र उनीहरूसँग आएका सुरक्षाकर्मीहरूलाई आक्रमण गरिरहेका छन् । आतंकवादीहरूले पोलियो खोप लगाउने कुरालाई पश्चिमी षडयन्त्र ठान्छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend