आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

बिहानै सेनाले गर्‍यो ‘कु’ : राष्ट्रपतिसहित शीर्ष नेता र मुख्यमन्त्रीहरू पक्राउ

बिहानै सेनाले गर्‍यो ‘कु’ : राष्ट्रपतिसहित शीर्ष नेता र मुख्यमन्त्रीहरू पक्राउ

  • मिडिया डबली
  • सोमवार, माघ १९ २०७७

  • 9.2K
    SHARES

  • बिहानै सेनाले गर्‍यो ‘कु’ : राष्ट्रपतिसहित शीर्ष नेता र मुख्यमन्त्रीहरू पक्राउ

    काठमाडौं – आफू समर्थित पार्टीले चुनावमा निकै कम सिट पाएपछि म्यानमारको सेनाले राष्ट्रपति विन मिन्ट, नेतृ आङ सान सुकीसहित प्रदेशका मुख्यमन्त्रीहरुलाई पक्राउ गरेको छ ।

    अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार सोमवार बिहानै राष्ट्रपतिसहित नेताहरूलाई निवासबाटै नियन्त्रणमा लिइएको छ ।

    म्यानमारमा केही समयदेखि सैनिक ‘कू’ हुने हल्ला चलिरहेको बेला सेना सक्रिय भएको हो । सेनाले सोमवार बिहान नेताहरूलाई नियन्त्रणमा लिए पनि यो सैनिक ‘कू’ नभएको दाबी गरेको छ ।

    नेताहरुलाई नियन्त्रणमा लिएपछि राजधानी नेपिदअ र अर्को सहर रंगुनका सडकमा सैनिकहरुले गस्ती गरिरहेका छन् भने नेपिदअको सञ्चार सम्पर्कबिच्छेद गरिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

    गत नोभेम्बरमा भएको चुनावमा सुकीको नेसनल लिग फर डेमोक्र्यासी (एनएलडी) ले सरकार बनाउन पुग्ने बहुमत ल्याएको थियो । सेनाले भने चुनावमा धाँधली भएको दाबी गर्दै आएको थियो ।

    सोमवार म्यानमारको नयाँ संसदको बैठक बस्ने तयारी थियो । तर सेनाले धाँधली भएको चुनावबाट जितेकाहरूको बैठक नराख्न भनेको थियो । 

    सन् २०१५ को चुनावपछि नै म्यानमारको सैनिकले नागरिक सरकारलाई पूर्ण सत्ता हस्तान्तरण गरेको थियो । गत नोभेम्बरको चुनावमा एनएलडीले संसदको ४७६ मध्ये ३९६ सिटमा जीत हात पारेपछि सैनिक समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ३३ सिटमा सीमित भएको थियो ।

    आफू समर्थित पार्टीले ५ वर्ष पहिलाभन्दा निकै कम सिट पाएपछि सेनाले धाँधली भएको बताउँदै आएको थियो । म्यानमारमा सन् १९६२ देखि २०११ सम्म सैनिक शासन चलेको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ १९ २०७७०७:११:३१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend