काठमाडौं – पेट्रोलियम पदार्थ बोकेको ट्यांकरमा यात्रुबाहक बस ठोक्किएर आगलागी हुँदा क्यामरुनमा ५३ जनाको मृत्यु भएको छ ।
घटनामा २९ जना गम्भीर घाइते भएका अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किएर बुधवार बसमा आगलागी भएको थियो ।
दुर्घटनामा परी मृत्यु भएकाहरुको शव जलेकाले पहिचान गर्न कठिन भएको स्थानीय अधिकारीलाई उदृत गर्दै सञ्चारमाध्यमले जनाएका छन् ।
क्यामरुनको मध्य पश्चिमी क्षेत्रमा पर्ने ‘क्लिफ अफ डिस्चाङ’मा स्थानीय समयअनुसार बुधवार दिउँसो ३ः३० बजे दुर्घटना भएको थियो । दुर्घटनामा परेको बसमा ७० सिट क्षमताको रहेको थियो ।
दुर्घटनाबारे अनुसन्धान भइरहेको सरकारले जनाएको छ । प्रारम्भिक विवरणअनुसार पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले नियन्त्रण गुमाएकाले दुर्घटना भएको अनुमान गरिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।