बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

  • मिडिया डबली
  • बुधवार, माघ १४ २०७७

  • 19.6K
    SHARES

  • पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन

    काठमाडौँ - राष्ट्रिय एकता अभियानले पाकिस्तानमा हिन्दूहरूमाथि भइरहेको दमन तथा अत्याचारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ।

    प्रदर्शनको क्रममा अभियानका अभियन्ताहरूले पाकिस्तानमा हिन्दुत्वमाथि कुठाराघात बन्द गर, पाकिस्तानमा मानवअधिकार सुनिश्चित होस्, स्वामी परमहन्सको समाधीस्थलको पुनर्निर्माण गर र हिन्दु बालिका अपहरण बन्द गर लगायतका नारा लगाएका थिए।

    अभियानका संयोजक विनय यादवले पाकिस्तानमा स्वामी परमहन्सको समाधीस्थल तोडफोडको विरुद्धमा बिरोध प्रदर्शन गरिएको जानकारी दिएका छन् ।

    उनले पाकिस्तानमा हिन्दु तथा अल्पसंख्यकमाथी हुने हत्या, हिंसा, अपहरणको विरुद्धमा र मानवताको पक्षमा एकबद्ध हुन् सबैलाई आह्वान गरेका छन् ।

    पाकिस्तानमा ती हिन्दु सन्तको समाधीस्थल ३० डिसेम्बर २०२० मा मुस्लिम कट्टरपन्थीहरूले भत्काएका थिए। स्थानीय मुस्लिम जनताको आक्रोसित भीडले पाकिस्तानको खैबर पख्तूनख्वा प्रान्तको कारक जिल्ला टेरी गाउँमा रहेको हिन्दू मन्दिर र उक्त समाधीस्थल ध्वस्त पारिदिएको थियो।

    यो ठाउँ पाकिस्तानको राजधानी इस्लामाबाददेखि ३ सय किलोमिटर टाढा छ। शताब्दी पुरानो मन्दिरमा मन्दिर र हिन्दु संत श्री परमहंस जी महाराजको स्थायी विश्राम स्थान छ जुन एक शताब्दी अघि मरेका थिए र त्यहि ठाउँमा दफन गरिएको थियो।

    birod paakisthan (1).jpeg

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend