इस्लामावाद - चीन र पाकिस्तानबीच चीनको महत्वाकांक्षी परियोजना बेल्ट एन्ड रोड इनिसिइटिभ अन्तर्गतको चीन-पाकिस्तान आर्थिक करिडोरका विषयमा गम्भीर असहमति भएको छ ।
जसका कारण चीन-पाकिस्तान आर्थिक करिडोर (सीपीईसी) को वार्षिक द्विपक्षीय शिखर सम्मेलनमा ढिलाइ भएको छ । संयुक्त सहकार्य समिति (जेसीसी) सीपीईसीको प्रमुख निर्णय गर्ने निकाय हो । यो योजनामा संयुक्तरुपमा पाकिस्तानको योजना, विकासमन्त्री र चिनियाँ राष्ट्रिय विकास र सुधार आयोगका उपाध्यक्षले अध्यक्षता गरिँदै आएको छ ।
पहिलो जेसीसी बैठक २०१३ को अगस्तमा सम्पन्न भएको थियो भने पछिल्लो पटक नोभेम्बर २०१९ मा सम्पन्न भएको थियो । जेसीसीको १० औं बैठक सन् २०२० को सुरुवातका लागि तयर गरिए पनि हालसम्म बस्न सकेको छैन ।
सन् २०२० को सुरुवातमा कोरोना महामारीलाई कारण देखाउँदै बैठकमा ढिलाइ गरेको भन्ने देखाइए पनि हाल वास्तविकता भने बाहिरिएको छ । निक्कि एसियाका अनुसार बैठकमा ढिलाइ हुनुको मुख्य कारण कोरोना महामारी नभइ मेन लाइन-१ (एमएल -१) रेल परियोजना र विशेष आर्थिक क्षेत्रकाबारे दुबै मुलुकबीचको असहमति रहेको भन्ने खुलेको छ ।
पाकिस्तानको योजना, विकास र विशेष पहल मन्त्री असद उमरले स्थानीय मिडियालाई नोभेम्बरमा १० औं जेसीसी आगामी महिनामा आयोजना गरिने बताएका थिए । तर, हालसम्म बैठक कहिले बस्ने भन्ने कुनै टुंगो लागेको छैन । तर, नाम नखुलाउने शर्तमा पाकिस्तानी योजना आयोगका अधिकारीले भने तीन महिनासम्म बैठक बस्न नसक्ने बताएका छन् ।
एमएल-१ सबैभन्दा ठूलो सीपीईसी परियोजना हो । यो करिब ६.८ मिलियन डलरको लागतमा भन्ने परियोजना भएको जनाइएको छ । यसले पाकिस्तानलाई थप ऋणमा डुबाउने देखिएकोले पाकिस्तानले यस विषयमा पुनर्विचार गर्ने भएको छ । उक्त रकम पाकिस्तानलाई तीन प्रतिशत ब्याजमा उपलब्ध गराइने भएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।