वाशिङ्टन - संयुक्त राज्य अमेरिकाले चीनको सिन्जियाङमा उत्पादित वस्तुहरुमा प्रतिबन्ध लगाएको छ । चीनको सिन्जियाङमा अल्पुसंख्यक उइगरहरुको जबरजस्ती श्रम शोषण गरेकर वस्तुहरु उत्पादन गरिएका कारण उक्त वस्तुहरुमा अमेरिकाले प्रतिबन्ध लगाएको छ ।
अमेरिकी सीमा संरक्षणका अनुसार अमेरिकाले बुधबार (स्थानीय समय) चीनको सिन्जियाङबाट कपास र टमाटर उत्पादनमा प्रतिबन्धको घोषणा गरेको हो । जनवरी १३ देखि लागु हुने गरि अमेरिकी भन्सार र सीमा सुरक्षा विभागलाई उक्त वस्तुको आयातामा प्रतिबन्ध लगाउन निर्देशन दिइएहो हो ।
"जनवरी १३ देखि अमेरिकी भन्सार तथा सीमा संरक्षण (सीबीपी) ले चीनको सिन्जियाङ उइगर स्वायत्त क्षेत्रमा उत्पादन हुने कपास उत्पादन र टमाटर उत्पादनलाई रोक्ने काम गर्नेछ," एजेन्सीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
सिन्जियाङमा चीनले लाखौं उइगरहरुलाई यातना हिरासतमा राखिएको छ । उनीहरुको श्रम शोषणका लागि विभिन्न कम्पनीहरुमा लगाउने गरिएको छ । प्रतिबन्धित उत्पादनहरूमा कपडा, टमाटरको बीउ, क्यान्ड टमाटर, टमाटर ससलगायतका वस्तुमा प्रतिबन्ध लगाइएको छ ।
सीबीपीका कार्यवाहक आयुक्त मार्क ए मोर्गनले भने, "सीबीपीले चिनियाँ सरकारले उचित बजार मूल्यभन्दा कम संयुक्त राज्य अमेरिकामा सामान आयात गर्ने आधुनिक दासत्वको शोषणलाई सहने छैन ।"
चीनले उइगरमा नयाँ नरसंहार सुरु गरेको बताइएको छ । चीनको यस कदमको चौतर्फी विरोध र आलोचना भए पनि चीनले उइगरहरुलाई नियन्त्रणमा लिने र अल्पसंख्यक संस्कृतिलाई ध्वस्त पार्ने काम गरिरहेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।