काठमाडौँ- गायक रमित थापा र गायिका देबी घर्तीको आवाजमा 'आछु बल्ल बल्ल...' लोकदोहोरी गीत रिलिज भएको छ ।
सर्जक यज्ञ बिकको शब्दलाई तप्पक टिपेर संगीतकार अमित बाबु रोकायले गीतको संगीत भरेका हुन् । यम थापा मगरको संगीत संयोजन रहेको गीतले छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
खरो म्युजिक कम्पनीले बजारमा सार्बजनिक गरेको गीतको भिडिओलाई निर्देशक सिर्जन बरालले निर्देशन गरेका हुन् । भिडिओमा मोडल अन्जली अधिकारी, बिष्णु कुवर, सुरबीर पण्डित 'दारी बा' र महादेव त्रिपाठीको दमदार अभिनय देख्न सकिन्छ ।
दिपक गिरीको छायांकन रहेको म्युजिक भिडीओलाई अमृत चापागाईले सम्पादन गरेका हुन् भने भिडिओलाई जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।