आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

टोपबहादुर रायमाझीका भाइले ठूलो पद पाएपछि एमालेभित्र विद्रोह, अब यी नेतालाई कारवाही

टोपबहादुर रायमाझीका भाइले ठूलो पद पाएपछि एमालेभित्र विद्रोह, अब यी नेतालाई कारवाही

  • मिडिया डबली
  • आइतवार, चैत्र १५ २०७७

  • 70.9K
    SHARES

  • टोपबहादुर रायमाझीका भाइले ठूलो पद पाएपछि एमालेभित्र विद्रोह, अब यी नेतालाई कारवाही

    काठमाडौं – नेकपा माओवादी केन्द्र छाडेर नेकपा एमालेमा लागेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझीका भाइ तोजबहादुर रायमाझी ‘विधान’लाई ठूलो पद दिइएपछि पार्टीभित्र विद्रोह भएको छ ।

    नेकपा एमालेका निर्वाचित जिल्ला सचिव रामबहादुर चौहानलाई नेकपा एमालेले जिम्मेवारीबाट हटाएर रायमाझी विधानलाई सचिव बनाएपछि विवाद उत्कर्षमा पुगेको छ । रायमाझी माओवादी केन्द्रबाट एमालेमा लागेका मन्त्री टोपबहादुर रायमाझीका भाइ हुन् ।

    जिल्ला सचिवबाट हटाइएपछि नेकपा एमालेको माधवकुमार नेपाल पक्षले समानान्तर कमिटी बनाएको छ । नेपाल पक्षको भेलाले रामबहादुर चौहानको अध्यक्षतामा समानान्तर कमिटी गठन गरेको छ । 

    नेपाल पक्षको समानान्तर कमिटीमा साविक एमालेका निर्वाचित जिल्ला सचिव चौहान, उपसचिव प्रेम गैरे लगायत रहेका छन् । शनिवार जिल्ला भेला गरेर आफ्नो नेतृत्वमा ७२ सदस्यीय जिल्ला कमिटी गठन गरिएको नेता रामबहादुर चौहानले जानकारी दिएका छन् ।

    चौहानले २०७५ सालमा निर्वाचित जिल्ला कमिटी अध्यक्ष चेतनारायण आचार्यलाई कारबाही गरिसकिएको दाबी गरेका छन् । नेकपा एमालेको ओली पक्षीय जिल्ला कमिटीमा २०७५ सालमै निर्वाचित अध्यक्ष चेतनारायण आचार्य रहेका छन् । आचार्य एमालेको केन्द्रीय सदस्य तथा लुम्बिनी प्रदेशसभा सदस्य समेत रहेका छन् ।

    नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष लिला गिरीले पार्टी हित विपरीत गुटगत भेला गरेर कारबाहीमा परेकाहरू एमालेको नेतृत्वमा बस्न नसुहाउने बताएका छन् । ‘अर्घाखाँचीमा पार्टीले कारबाही गरेका नेता दुमनसिंह थापा, पिताम्बर भुसालको सक्रियतामा पार्टीलाई कमजोर बनाउने, गुटगत भेला गर्ने काम भएको छ, यस्तो काममा लाग्ने, नेतृत्व गर्ने सबैलाई तत्काल कारबाही हुन्छ,’ गिरीले भने । उनले तत्काल कारबाही गर्न जिल्ला कमिटीलाई निर्देशन दिइसकेको बताएका छन् ।

    अर्घाखाँची जिल्लामा माओवादी केन्द्रबाट नेता टोपबहादुर रायमाझी, राष्ट्रियसभा सदस्य चन्द्रबहादुर खड्का एमालेमा आएर जिम्मेवारी पाएपछि माधव नेपाल पक्ष त्रसित बनेको छ ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend