नयाँदिल्ली - लामो समयदेखि उत्पीडनमा रहेका अफगानिस्तानका शिखहरुले नयाँ जीवन प्राप्त गरेका छन् । सन् २०१८ को आक्रमणमा समयमा जसपाल सिंह अफगानिस्तानको राजधानी काबुलस्थित गुरु नानक दरबार गुरुद्वारामा थिए ।
गुरुद्वारा अगाडि पसलसमेत राखेका जसपाल आफू भाग्वश बाँचेकोमा विश्वास गर्छ । ३६ वर्षीय जसपालले यस वर्ष मार्चमा भएको आक्रमणपछि उनले सधैं भाग्यकै भरमा बाँच्न नहुने बताएका छन् ।
जसपलाले श्रीमति, चार छोरी र एक छोरासहित अफगानिस्तान छोडेर २६ नोभेम्बरमा दिल्ली आइपुगे । काबुलमा हर्बलको औषधि बिक्री गरेर आफ्नो जीविका गर्दै आएका जसल दिल्ली आइपुग्दा रित्तो हात थिए । उनीहरुले पूर्वी दिल्लीस्थित गणेश नगरमा रहेको गुरुद्वारामा बस्न थाले ।
उनीहरुलाई त्यहाँ युनाइटेड शिखले सहयवग गर्न थाल्यो । भारत सरकारले उनीहरुलाई शरणमा दिएकोप्रति निकै कृतज्ञ रहेका छन् । भारतमा चलिरहेको किसान आन्दोलनलाई समर्थन गरिरहेको युनाइटेड शिखले लामो समयदेखि अफगानिस्तामा रहेका शिखहरुलाई सुरक्षित रुपमा भारत ल्याउने पहल गरिरहेको छ ।
युनाइटेड शिखले १० शिख आप्रवासीहरुलाई भारतमा नयाँ जीवनको सुरुवातका लागि सहजता प्रदान गरिरहेको छ । उनीहरुका लागि आवश्यक सामग्रीहरु पनि उपलब्ध गराइरहेको छ । युनाइटेड शिखका भारत निर्देशक प्रभिन्दर सिंहले अफगानिस्तानबाट भारतमा शरण लिन आएका शिखहरुको कुनै परिचय पत्र नभएपछि स्थानीय एएलएले उनीहरुको कागजपत्र बनाउन सहयोग गरिरहेको बताएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।