आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

नेपाललाई २ हप्ताभित्रै कोरोनाको खोप दिने तयारी गर्दै भारत ! २ करोड डोज खोप बाँडिने

नेपाललाई २ हप्ताभित्रै कोरोनाको खोप दिने तयारी गर्दै भारत ! २ करोड डोज खोप बाँडिने

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 4.8K
    SHARES

  • नेपाललाई २ हप्ताभित्रै कोरोनाको खोप दिने तयारी गर्दै भारत ! २ करोड डोज खोप बाँडिने

    काठमाडौं – दक्षिणी छिमेकी दिने भारतले आगामी २ हप्ताभित्रै कोरोना भाइरस संक्रमण विरुद्धको खोप नेपाल लगायत देशलाई बाँड्ने तयारी गरेको छ ।

    भारतले छिमेकी मुलुकलाई २ करोड डोज कोरोना खोप दिने योजना अघि सारेको खबर भारतीय सञ्चारमाध्यम टाईम्स अफ इन्डियाले प्रकाशित गरेको छ ।

    विश्वको सबैभन्दा धेरै खोप उत्पादन गर्ने देश बनेको भारतले खोप निर्यात गर्ने योजना बनाइरहेकोबारे समाचारमा उल्लेख छ । सरकारी अधिकारीलाई उदृत गर्दै प्रकाशित समाचारमा नेपालसहित भारतका ६ छिमेकी देशले खोप पाउने जनाइएको छ ।

    समाचारमा उल्लेख भएको भारतको योजनाअनुसार घरेलु कम्पनीहरूले सेरम इन्स्टिच्युट र भारत बायोटेकबाट खोप खरिद गरी नेपाल, बंगलादेश, श्रीलंका, अफगानिस्तान, सेचेलेस र मौरिससमा निर्यात गर्नेछन् । 

    भारतले निर्यात गर्ने खोपमध्ये केही सहयोगका लागि निःशुल्क समेत प्रदान गर्ने समाचारमा उल्लेख गरिएको छ ।

    नेपाल लगायत छिमेकी देशमा खोप पठाएपछि मात्रै भारतले ल्याटिन अमेरिका, अफ्रिका लगायतका मुलुकमा खोप निर्यात गर्ने योजना बनाएको छ ।

    संसारभर नै कोरोना खोपको माग भइरहेको र सबैले चासोका साथ हेरिरहेका बेला भारतमा खोप तयार भएको छ । भारतले बनाएको खोप वितरणमा छिमेकी देशलाई प्राथमिकतामा राखिएकाले नेपालले समेत यसबाट फाइदा लिनसक्ने भएको छ ।

    कोरोनाको खोपलाई एजेन्डा बनाउँदै नेपालका परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली बिहीबार भारत भ्रमणमा गएका छन् । नेपाल–भारत संयुक्त आयोगको बैठकमा कोरोना विरुद्धको लडाइँका लागि खोपबारे समेत छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

    यसअघि समेत भारतले कोरोना महामारी उत्कर्षमा रहेका बेला नेपाललाई स्वास्थ्य सामग्री प्रदान गरेको थियो । कोरोना विरुद्धको लडाइँमा सहकार्य गर्न भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र प्रधानमन्त्री केपी शर्मा ओलीबीच टेलिफोन वार्ता समेत भएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ३२ २०७७०६:११:०५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend