आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

सर्वोच्चले सधैं महत्वपूर्ण र राष्ट्रिय सरोकारका मुद्दा किन चाँडो टुंग्याउँदैन ?

सर्वोच्चले सधैं महत्वपूर्ण र राष्ट्रिय सरोकारका मुद्दा किन चाँडो टुंग्याउँदैन ?

  • मिडिया डबली
  • शुक्रवार, माघ २ २०७७

  • 5.2K
    SHARES

  • सर्वोच्चले सधैं महत्वपूर्ण र राष्ट्रिय सरोकारका मुद्दा किन चाँडो टुंग्याउँदैन ?

    काठमाडौं - सर्वोच्च अदालतमा जबजब राष्ट्रिय सरोकार र महत्वपूर्ण मुद्दा दर्ता हुन्छन्, तबतब न्याय निरुपणमा विलम्ब गर्ने गरेको पाइएको छ । त्यसै त नेपाली जनता अदालतमा मुद्दा परेमा वर्षौंदेखि तारिख धाउने बाध्यताले पीडित छन् ।

    त्यसमा पनि अलि चाँडो टुंगो लगाउनुपर्ने मुद्दामा पेसी सारिँदै सारिँदै लैजाने गरिन्छ । यो अहिलेको मात्रै रोग होइन, धेरैअघिदेखि नै यस्तै तथ्य पाइन्छ ।

    यतिबेला मुलुक प्रतिनिधिसभा विघटन, संवैधानिक परिषद्का निर्णय, मन्त्रिपरिषद विस्तार, नेकपाको आधिकारिकतालगायत विवादबाट गुज्रिरहेको छ । मुलुकको विकास र राजनीतिक स्थिरताका लागि यी मुद्दाको निरुपण जतिसक्यो चाँडो गर्नुपर्ने हो । तर, महत्वपूर्ण यी मुद्दाको निरूपणमा ढिलाइ हुने देखिएको छ । 

    एकअर्कासँग सम्बन्धित यी राष्ट्रिय सरोकारका गम्भीर विवाद तत्काल निरूपण नभए दीर्घकालीन असर पर्ने भए पनि समयमै टुंग्याउन कुनै निकायले पनि तदारूकता देखाएका छैनन् । 

    प्रतिनिधिसभा विघटनको एक महिना पुग्न लाग्दा समेत यो विषय सर्वोच्च अदालतको कुन इजलासमा र कुन न्यायाधीशले हेर्ने वा नहेर्ने भन्ने विवादमा अल्झिएको छ । 

    मूल विषयमा प्रवेश नै नगरी संवैधानिक इजालसबाट हेर्ने कि बृहत पूर्ण इजलासमा भन्ने विषयमा बहस केन्द्रित छ ।  अहिलेसम्म तीन दिन मात्र सुनुवाइ भएको छ । जबकि यो राजनीतिक र संवैधानिकरुपमा सर्वाधिक चासो र विवादित विषय हो । 

    विघटनको निर्णय सदर भए निर्वाचनमा होमिनुको विकल्प हुँदैन । पुनर्स्थापना भए प्रधानमन्त्री केपी ओलीको पद संकटमा पर्नेछ । वैशाखमै चुनाव गराउने हो भने पनि तयारी अगाडि बढाउन जतिसक्दो छिटो यो मुद्दाको निरूपण हुनुपर्ने देखिन्छ । 

    संवैधानिक परिषद्सम्बन्धी अध्यादेशविरुद्ध परेको रिटमा अहिलेसम्म प्रारम्भिक सुनुवाइ नै भएको छैन । सर्वोच्चले यो मुद्दाको पेशी सारेको सार्यै छ । यही अध्यादेशमा टेकेर परिषद्ले संवैधानिक निकायहरूमा नियुक्तिको सिफारिस गरेको एक महिना नाघिसकेको छ । ४५ दिन कटिसकेपछि यो रिट नै असान्दर्भिक हुनेछ । सिफारिसको ४५ दिनपछि संसदीय सुनुवाइबिनै नियुक्तिको बाटो खुल्नेछ । 

    प्रतिनिधिसभा विघटन गरी चुनाव घोषणा गरिसकेका प्रधानमन्त्रीले मन्त्रिपरिषद् हेरफेर गरेको विवादमा पनि सर्वोच्चले निरन्तर सुनुवाइ नगरी करिब दुई हप्ताको फरकमा पेसी तोकेको छ । सर्वोच्चको यस्तो ढिलाइले मुलुकमा राजनीतिक अस्थिरता र संकट गहिरिँदै जाने देखिएको छ । त्यसैले पनि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले यो विषयमा गम्भीतापूर्वक सोच्नुपर्ने आमजनताको माग छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, माघ २६ २०७७०६:४५:३२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend