काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी विभाजन भएपछि आफ्नो पक्षको नेकपाका देशभरका कमिटीलाई १६ पृष्ठ लामो परिपत्र पठाएका छन् ।
परिपत्रमा आफू नेतृत्वको सरकारले गरेका काम र निर्णयको प्रतिरक्षा तथा भविष्यमा गर्नुपर्ने काम र योजनाबारे उल्लेख गरिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष समेत रहेका ओलीले पुस ११ गते गोप्य ‘अन्तरपार्टी निर्देशन’ पठाएका हुन् । जुन निर्देशन सार्वजनिक भएको छ ।
निर्देशनमा अध्यक्ष ओलीले पार्टी एकताका लागि भएको प्रयाससँगै प्रतिनिधिसभा विघटनपछिको अवस्थाको विषय उल्लेख गरेका छन् । ओलीले केन्द्रदेखि स्थानीय तहसम्म आफ्नो प्रभावलाई जीवन्त राख्न विभिन्न योजना र कार्यक्रम तल्लो तहमा पठाएका छन् ।
प्रतिनिधिसभा विघटन गरेर मध्यावधि चुनावको घोषणा गरेपछि चौतर्फी आलोचना भइरहँदा ओलीले स्थानीय तहमा आफ्नो प्रभाव र प्रभूत्व कायम राख्ने गरी निर्देशन गरेका छन् ।
गत पुस ५ गते प्रधानमन्त्री ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा संसद विघटन गरेपछि सत्तारुढ दल नेकपा विभाजित भएको छ ।
विभाजित नेकपामध्ये एउटा समूहको नेतृत्व ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपालले गरिरहेका छन् । आधिकारिक नेकपा को हुने भन्ने विवाद निर्वाचन आयोगमा विचाराधीन छ ।
पढ्नुहोस् परिपत्रको पूर्णपाठ –
















मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।