आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

करिमा बलुच : बलुच संगठनद्वारा वाशिङ्टनस्थित क्यानेडियन दूतावास अगाडि प्रदर्शन 

करिमा बलुच : बलुच संगठनद्वारा वाशिङ्टनस्थित क्यानेडियन दूतावास अगाडि प्रदर्शन 

  • मिडिया डबली
  • बिहिवार, पौष २३ २०७७

  • 3.6K
    SHARES

  • करिमा बलुच : बलुच संगठनद्वारा वाशिङ्टनस्थित क्यानेडियन दूतावास अगाडि प्रदर्शन 

    वाशिङ्टन - क्यानडामा मृत भेटिएकी पाकिस्तानी मानवअधिकारकर्मीको घटनाको छानबिनको माग गर्दै वाशिङ्टनस्थित क्यानेडियन दूतावास अगाडि प्रदर्शन गरिएको छ । बलुच नेशनल मुभ्मेन्ट (बीएनएम) ले क्यानडामा मृत भेटिएकी करिमाको घटनाको सत्यतथ्य छानबिनको माग गर्दै प्रदर्शन गरिएको हो । 

    दूतावास बाहिर उभिएर प्रदर्शनकारीहरूले पाकिस्तानविरुद्ध नाराबाजी गर्नका साथै 'बलुचको लाइभ म्याटर्स' र 'पाकिस्तानले करिमा बलोचको हत्या गर्‍यो' लेखिएका प्लाकार्डहरुसहित प्रदर्शन गरेका हुन् । 

    “बलुच, पश्तुनहरुले करीमा बलुचको लागि आवाज उठाउनेछन् र उनका लागि न्याय खोज्‍नेछन् । उनी बलुचिस्तानका सबैभन्दा प्रसिद्ध राजनीतिक कार्यकर्तामध्ये एक थिइन्, जसको हत्या गरियो । उनलाई लामो समयदेखि पाकिस्तानी आईएसआईले लक्षित गरेको थियो," प्रदर्शनकारीमध्ये एक सुनील साइनले भने ।

    अर्का प्रदर्शनकारीले भने, “हामी क्यानडा सरकारले करिमा बलोच हत्याकान्डको उच्चस्तरीय अनुसन्धान गरोस् भन्‍ने चाहन्छौं । कुनै बलुच विदेशी भूमिमा मारिएको यो पहिलो पटक भने होइन ।”

    बीएनएमले क्यानेडेली दूतावासलाई उनको मृत्युको अनुसन्धानको लागि पत्रसमेत पठाएको छ ।  रहस्यमय परिस्थितिमा मृत भेटिएकी बलुचको घटनाप्रति सिन्ध स्वतन्त्रता आन्दोलनले पनि निन्दा गरेको छ । 

    सिन्ध स्वतन्त्रता आन्दोलनले क्यानेडियन मिसन ह्‍युस्टन बाहिर पनि यस्तै प्रदर्शन गरिरहेको छ । करीमाको शव गत हप्ता रहस्यमय परिस्थितिमा क्यानाडाको टोरोन्टो बन्दरगाहमा भेटिएको थियो । 

    टोरोन्टो प्रहरीले डिसेम्बर २३ मा करीमा बलोचको मृत्युलाई एक "गैर-आपराधिक मृत्यु" भनेको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष २३ २०७७०५:१५:४३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend