काठमाडौं – सामाजिक सञ्जाल ट्विटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई १२ घण्टे कारवाही गरेको छ ।
ट्विटरले ट्रम्पको ट्वीटर अकाउन्ट १२ घण्टाका लागि लक गरेको छ ।
ट्विटरले ट्रम्पमाथि गरेको कारवाही उनको चुनाव सम्बन्धी ट्वीटमाथि गरेको छ । ट्विटरले वाशिङटन डिसीमा भएको हिंसात्मक स्थितिलाई मध्यनजर गर्दै आफ्ना ३ ट्वीट हटाउन पनि ट्रम्पलाई निर्देशन दिएको छ ।
यी ट्वीटले सिविक इन्टिग्रिटी पोलिसी उल्लंघन गर्ने ट्विटरले जनाएको छ ।
ट्रम्पले ती ट्वीट नहटाएमा उनको अकाउन्ट लक गरिने र दोस्रोपटक पनि पोलिसी उल्लंघन गरेमा सधैंका लागि लक हुने ट्विटरले जनाएको छ । डोनाल्ड ट्रपले ट्विटरमार्फत् दिएको सन्देशले हिंसा भड्किएको अनुमान समेत गरिएको छ ।
समर्थकलाई सम्बोधन गरेको डोनाल्ड ट्रम्पको भिडियो ट्विटर र फेसबुक दुवैले हटाइदिएका छन् । ट्रम्पले बुधवार आफ्ना समर्थकलाई सम्बोधन गर्दै घर फर्किन आह्वान गर्दै भिडियो पोस्ट गरेका थिए ।
भिडियोमा उनले आफूले प्रदर्शनकारीलाई एकदमै माया गर्ने तर अब घर फर्किने बेला भएको बताएका थिए । यूट्युबले पनि ट्रम्पको भिडियो हटाइसकेको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।