पेसावर - पाकिस्तानमा सुरक्षा चिन्ताहरु बढ्दै जाँदा ग्वादर बन्दरगाह सिल गरिएको छ । पाकिस्तानको विपक्षी प्रान्त बलुचिस्तानमा बढ्दो सुरक्षा चिन्ताका कारण पाकिस्तानी अधिकारीहरुले ग्वादरको बन्दरगाह वरपरको २४ वर्ग किलोमिटर क्षेत्रफललाई सिल गरेका छन् ।
चीन-पाकिस्तान आर्थिक कोरिडोर (सीपीईसी) को "क्राउन जेवेल" भनेर चिनाउन यस क्षेत्रलाई सुरक्षति बनाउनका लागि सुरक्षित योजना बनाएका छन्। ।
विभिन्न स्रोतहरूबाट प्राप्त भएका सूचनाहरुका अनुसार पाकिस्तान सेनाले मकरान प्रशासन, ग्वादर विकास प्राधिकरण, ग्वादर पोर्ट प्राधिकरण र बलूचिस्तान सरकारको सहयोगमा ग्वादर स्मार्ट पोर्ट सिटी मास्टर प्लान अन्तर्गत परियोजना सञ्चालन गरिरहेको छ ।
ग्वादरको संवेदनशील भागहरुका वरिपरि तारबाराको पर्खाल निर्माण कार्य गरिएको छ । विभिन्न चरणमा सम्पन्न गरिने १५ हजार यकडको क्षेत्रफलमा तारबार लगाइएको छ ।
यस क्षेत्रमा सिल गरिएपछि यातायातको प्रवाहमा अवरोध र बहिर्गमन निगरानी गरिएको छ । सरकारी स्रोतहरूले "ग्वादर सहरलाई सुरक्षति" बनाउन ५०० भन्दा बढी हाइ-डेफिनेसन सीसीटिभी क्यामेरहरु राखिएका छन् । 'शंकास्पद गतिविधिहरु' वा सहरमा अनधिकृत वा जबरदस्ती घुसपैठाहरुमाथि निगरानी गरिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।