काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेका गायक तथा गीतकार खेम सेन्चुरी, अर्जुन सापकोटा, रोमन रिजाल बाल गायिका कमला घिमिरे र रबिना बसेलको आवाजमा लोकदोहोरी गीत 'काचो अनार...' बजारमा सार्बजनिक भएको छ । मेशना डिजिटल म्युजिक कम्पनिले शुक्रबार मात्र उक्त गीत सार्बजनिक गरेको हो ।
सर्जक नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर संगीतकार रोशन परियारले गीतको संगीत गरेका हुन् । भिडीओमा मोडेल अन्जलि अधिकारी, रबिना बसेल, कमला पोखरेल र तेजेन्द्र गौतमको दमदार अभिनय देख्न सकिन्छ।
भिडीओमा निर्देशक तथा कोरियोग्राफर विक्रम चौहानले निर्देशन गरेका छन् भने राजेश घिमिरोले छांयाकन गरेका हुन् । छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल उक्त गीतको सम्पादन मिलम विश्नकर्माले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।