बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

पाकिस्तानमा हिन्दु धर्ममा आस्था राख्नेमाथि हमला

पाकिस्तानमा हिन्दु धर्ममा आस्था राख्नेमाथि हमला

  • मिडिया डबली
  • बिहिवार, पौष १६ २०७७

  • 15.2K
    SHARES

  • पाकिस्तानमा हिन्दु धर्ममा आस्था राख्नेमाथि हमला

    इस्लामावाद - इस्लाम राष्ट्र पाकिस्तानमा हिन्दु धर्ममा आस्था राख्नेमाथि पहिलेदेखि नै हमला हुँदै आएको छ । हालैमात्र एक हिन्दु सन्तको समाधीस्थल पाकिस्तानका मुसलमानहरुले आक्रमण गरेका छन् ।

    मानवीय संवेदनालाई समेत ख्याल नगरी धर्मका नाममा असहिष्णुता देखाएका हुन् । स्थानीय मुसलमानहरुले पाकिस्तानको खैबर पख्तुनख्खा प्रान्तको काराक जिल्लामा अवस्थित हिन्दु सन्त श्री परम हंसजी महाराजको ऐतिहासिक समाधिस्थल ध्वस्त पारिदिएका हुन् ।

    स्थानीय प्रहरीका अनुसार काराक जिल्लाको टेरी गाउँमा एक हिन्दु नेताले बनाउन लागेको घरको विषय त्यसमा जोडिएको थियो । उनले बनाउन लागेको घर उक्त समाधिस्थलमा जोडिएको भन्दै स्थानीय भीड आक्रोसित भएको थियो ।

    काराक जिल्लाका प्रहरी प्रमुख इरफानउल्लाह मारवाटले बीबीसीका प्रतिनिधि सिराजुद्धिनलाई बताएअनुसार त्यहाँ हिन्दुहरुको जनसंख्या अत्यन्तै कम छ । स्थानीयवासीले उक्त घर निर्माण भैरहेको स्थान समाधीस्थलको हिस्सा भएको दाबी गरिरहेका छन् । प्रहरी प्रमुखका अनुसार एकजना धर्मगुरुले उत्तेजनात्मक भाषण गरेर स्थितिलाई बिगारेका थिए ।

    त्यसपछि भीड यति विशाल हुँदै गयो कि परिस्थितिलाई नियन्त्रणमा लिन निकै गाह्रो भएको थियो । यद्यपि, घटनामा कसैलाई पनि चोट नलागेको प्रहरीको दाबी छ । हिन्दु सन्त श्री परम हंसजी महाराजको समाधिस्थलका सम्बन्ध यसअघि पनि विवाद भएको थियो । त्यस क्षेत्रका कट्टरपन्थी मानिहरुले शुरुदेखि नै यस समाधिस्थलको विषयमा विरोध गरिरहेका थिए ।

    यसअघि सन् १९९७ सालमा सोही समाधिस्थलको विषयलाई लिएर स्थानीयवासीले पहिलोपटक आक्रमण गरेका थिए । त्यसपछि पाकिस्तानको सर्वोच्च अदालतको आदेशपछि खैबर पख्तुनख्वाको प्रान्तीय सरकारले यसको पुनर्निर्माण गरेको थियो ।

    यो समाधिस्थल सरकारी ट्रस्टको सम्पति हो । हिन्दु सन्त श्री परम हंस जी महाराजको मृत्यु भएको ठाउँमा निर्माण गरिएको थियो । सन् १९१९ मा सोही ठाउँमा सन्तको अन्त्येष्टि गरिएको थियो । त्यसपछि उनका अनुयायीहरुले यहाँ वर्षौदेखि पुजापाठ गर्दै आएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend