काठमाडौं – नेपाली अभिनेत्री जसिता गुरुङ वर्ष २०२० मा संसारका सय सुन्दर युवतीको ५४औं स्थानमा परेकी छन् । सौन्दर्य मापन गर्ने विश्व चर्चित एजेन्सी टीसी क्यान्डलरले सय उत्कृष्टको सूची सार्वजनिक गरेको हो ।
इजरायलकी १९ वर्षे मोडल येल सेल्बिया सूचीको पहिलो स्थानमा सूचीकृत गर्दै संसारकै सुन्दरी युवतीको रुपमा चिनिएकी छन् । टीसी क्यान्डलर र इन्डिपेन्डेन्ट क्रिटिक्सले हरेक वर्ष यस्तो सूची सार्वजनिक गर्छन् । २४ वर्षीया पोखरेली अभिनेत्रीले फिल्म ‘लिलिबिली’बाट अभिनय करियर थालेकी थिइन् ।
प्रदीप खड्काको लिड अपोजिटमा देखिएकी उनले यही फिल्मबाट प्रसिद्धि हासिल गरिन् । यो सूचीमा हलिउडको वन्डर वुमन’ अभिनेत्री गल ग्याडट २१औं स्थानमा छिन् । फिल्म लिलिबिलीको बेला पनि जसिताको सौन्दर्यको प्रशंसा भएको थियो । टीसी क्यान्डलरले विगत ३० वर्षदेखि सौन्दर्य मापन गर्दै आएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।