आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

गिरीलाई रंगपत्रकारिता पुरस्कार

गिरीलाई रंगपत्रकारिता पुरस्कार

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 6.3K
    SHARES

  • गिरीलाई रंगपत्रकारिता पुरस्कार

    काठमाडौं -  रंगपत्रकार कुबेर गिरी ‘रंग पत्रकारिता पुरस्कार २०२०’बाट सम्मानित भएका छन् । ‘नेशनल पावर न्युज म्युजिक अवार्ड २०२०’ उनलाई सो सम्मान प्रदान गरिएको हो । 

    शनिबार ठमेल स्थित भोजन भुमिका आयोजित वार्ड समारोहमा सुचना प्रविधि तथा संचारमन्त्री पार्वत गुरुङ, विशिष्ट संगीतकार शम्भुजित बास्कोटा, राष्ट्रिय गानका लेखक ब्याकुल माइला, गीतकार तथा बरिष्ठ रंगपत्रकार शान्ती प्रियलगायतले गिरीलाई नगद सहित माला, दोसल्ला र प्रमाणपत्रद्धारा सम्मान गरिएको हो ।

    रंगपत्रकारिता मार्फत लामो समयदेखि नेपाली कलासंस्कृतिको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै गिरीलाई सम्मान गरिएको कार्यक्रममा बताइएको थियो ।

    कार्यक्रममा काभ्रेका पत्रकार नवराज बजगाईलाई ‘युवा पत्रकारिता सम्मान २०२०’, बरिष्ठ गायक सिताराम पोखरेललाई गायनमा २५ बर्ष पुरा गरेको उपलक्ष्यमा ‘रजत संगीत सम्मान २०२०’ र रंगपत्रकार डब्बु क्षत्रीलाई ‘कला सम्मान २०२०’समेत प्रदान गरिएको थियो ।

    पावर इन्टरनेशनल मिडिया प्रालीले आयोजना गरेको कार्यक्रममा गीतसंगीत क्षेत्रका थुप्रै कलाकर्मीले समेत अवार्ड पाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, माघ १० २०७७०६:०३:०६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend