बिहिवार, आश्विन ७ २०७८Sep 23 2021

Logo
images
images
images

नेपालमा तीन महिनाभित्रै आउला कोरोनाको खोप ?

नेपालमा तीन महिनाभित्रै आउला कोरोनाको खोप ?

  • मिडिया डबली
  • आइतवार, पौष १२ २०७७

  • 4.9K
    SHARES

  • नेपालमा तीन महिनाभित्रै आउला कोरोनाको खोप ?

    काठमाडौं – कोरोनाविरुद्धको खोप अबको ३ महिना भित्र नेपालमा आउन सक्ने सम्भावना देखिएको छ । आगामी मार्चभित्र कोभाक्स सुविधाअन्तर्गत कोभिडविरुद्धको खोप आउन सक्ने भन्दै गाभी (ग्लोबल एलायन्स फर भ्याक्सिन एन्ड इम्युनाइजेसन) ले सन्देश पठाएको हो ।

    खोपको भण्डारण, ओसारपसारलगायत अन्य तयारीका लागि गाभीले नेपाल सरकारलाई जानकारी गराएको हो । ‘नयाँ वर्षको पहिलो तीन महिनाभित्र खोप उपलब्ध गराउन सकिने जानकारी गाभीले दिएको छ,’ स्वास्थ्य मन्त्रालयको खोपसम्बन्धी आधिकारिक निकाय बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा। झलक शर्मा गौतमले भने, ‘कति दिने भनेर खुलाएको छैन तर तयारीमा बस्न भनेको छ ।’

    images

    उक्त जानकारीपछि न्यूनतम ३ प्रतिशत जनसंख्याका लागि आउने खोपको भण्डारण, ओसारपसारलगायत प्रक्रियाको सरकारले थालनी गरेको छ । कोभाक्ससँग खोप सुनिश्चितताका लागि निरन्तर सूचना आदानप्रदान भइरहेको डा। गौतमले बताए । गाभीको सूचनापछि मन्त्रालयले गाइडलाइन, कोल्डचेन, खोप केन्द्र, तालिम, सूचना सम्प्रेषण, खोप लगाउनेको प्राथमिकतालगायतका विषयमा पनि तयारी थालेको छ । कोभाक्सभन्दा पहिले नै नेपालमा अनुकूल हुने अर्को खोप आए त्यसलाई ल्याउने प्रक्रियाबारे पनि तयारी भइरहेको स्वास्थ्य मन्त्रालयका अधिकारीहरूको भनाइ छ ।

    आउँदो मार्च महिनासम्म कोभाक्सबाट न्यूनतम ३ प्रतिशत जनसंख्या अर्थात् ९ लाख जनालाई पुग्ने खोप आउन सक्ने मन्त्रालयले अनुमान गरेको छ । कोभाक्सले नेपालको २० प्रतिशत जनसंख्या अर्थात् ६० लाख मानिसलाई पुग्ने खोप उपलब्ध गराउने प्रतिबद्घता जनाएको थियो । स्वास्थ्य मन्त्रालयले जनाए अनुसार स्वास्थ्यकर्मीसहित कोभिड नियन्त्रण र व्यवस्थापनमा प्रत्यक्ष संलग्न भएका र अन्य व्यक्ति गरी करिब ९ लाख जनालाई पहिलो चरणको खोप दिने रणनीति बनेको छ ।

    हालसम्म नेपालमा कोरोना संक्रमण पुष्टि भएका २ लाख ५७ हजार २ सय जनामध्ये ५ हजारभन्दा बढी स्वास्थ्यकर्मी रहेका छन् । सरकारले स्वास्थ्यसम्बन्धी काउन्सिलमा दर्ता भएका सबै स्वास्थ्यकर्मीलाई खोप लगाउने डा। गौतमले बताए । ‘यसबाहेक स्वास्थ्य संस्थामा काम गर्ने स्वास्थ्यकर्मीबाहेकका अन्य जनशक्तिलाई समेत खोप दिइनेछ,’ उनले भने ।

    नेपाल मेडिकल काउन्सिल, नेपाल नर्सिङ परिषद्लगायत विभिन्न काउन्सिलमा दर्ता भएका स्वास्थ्यकर्मीको संख्या २ लाख ५० हजारदेखि ३ लाखसम्म रहेको मन्त्रालय स्रोतले बतायो । सन् २०२१ मा कोभाक्समार्फत विश्वको कमजोर र मध्यम अर्थव्यवस्था भएका ९२ मुलुकलाई १३० करोड खोप उपलब्ध गराउने कोभाक्सले बताएको छ । १ सय ९० राष्ट्रको अनुरोधमा खोप बनाउने कम्पनीसँग सम्झौता गरेको कोभाक्सले जनाएको छ ।

    कोभाक्सले अक्सफोर्ड–अस्ट्राजेनिकाद्वारा बनाइएको २० करोड खोप किन्नेछ । उक्त खोप २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिन्छ । नेपालमा सरकारी खोप कार्यक्रमअन्तर्गत २ देखि ८ डिग्री सेल्सियस तापक्रममा भण्डारण गर्न सकिने खोपका लागि कोल्ड चेन र ओसारपसार गर्ने क्षमता भएकाले यस्तो खोप सहज रूपमा उपयोग गर्न सकिने विज्ञहरूले बताउँदै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०३:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • क्यामरा पर्सन

    • सुनिल क्षेत्री
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • खिमबहादुर गौतम
    • आकृति थापा क्षेत्री

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology