काठमाडौँ- गायक तथा संगीतकार पशुपति शर्मा, मोहन खड्का, गायिका कमला धिमिरे, मेनुका परियार र सुमी पुरीको आवाजमा सार्बजनिक भएको लोकदोहोरी गीत 'दाँते ओखर...' छोटो समयमा नै चर्चा बटुल्न सफल भएको छ ।
गीतमा सर्जक नेत्र अर्यालको शब्दलाई टपक्क टिपेर संगीतकार तथा गायक ऋषि खड्काले संगित गरेका हुन् ।
निर्देशक तथा कोरोयोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको गीतको भिडियोमा सुनिल क्षेत्री र आयुष्मा कार्किको अभिनय रहेको छ ।
दुर्गा पौडेलले खिचेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका छन् । जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको म्युजिक भिडिओ मोहन खड्काको अफिसियल युटुवबाट सार्वजनिक गरिएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।