शुक्रवार, आश्विन २३ २०८३Oct 09 2026

Logo
images images

नेकपा विवादमा चिनियाँ हस्तक्षेप : राजदूत यान्छीले नसकेपछि चिनबाटै आउँदैछन् खेलाडी

नेकपा विवादमा चिनियाँ हस्तक्षेप : राजदूत यान्छीले नसकेपछि चिनबाटै आउँदैछन् खेलाडी

  • मिडिया डबली
  • शनिवार, पौष ११ २०७७

  • 6.4K
    SHARES

  • नेकपा विवादमा चिनियाँ हस्तक्षेप : राजदूत यान्छीले नसकेपछि चिनबाटै आउँदैछन् खेलाडी

    काठमाडौं – नेपाल कम्युनिष्ट पार्टीको फुटेर दुई वटा पार्टी बनेसँगै नेपालमा चिनियाँ सक्रियता बढि नै देखियो। विशेष गरी राजदूत होउ यान्छीको सक्रियता। तर, यसपटक केपी ओली पक्ष तथा प्रचण्ड र माधवकुमार पक्षलाई मिलाउन उनको ललिपपले काम नगरेपछि चिनबाटै खतरनाक राजनीतिक खेलाडी नेपाल आउने भएका छन्।

    चिनियाँ कम्युनिष्ट पार्टीको एक उच्च प्रतिनिधिमण्डल नेपाल भ्रमणमा आउने तय भएको हो। चिनियाँ कम्युनिष्ट पार्टी अन्तर्राष्ट्रिय विभागका उपमन्त्री गुओ येचौको नेतृत्वमा आइतबार नेपाल आइपुग्ने टोलीले खासगरी नेकपाको विभाजनका कारण खोतल्ने बुझिएको छ।

    नेकपाको करिब दुई तिहाई बहुमतको सरकार बनेपछि आर्थिक साझेदारी र ठूला लगानीका परियोजना अगाडि बढाउने चरणमा रहेको चीनका लागि प्रतिनिधि सभा भंग भएर पार्टी नै विभाजित भएको घटनाले अप्ठेरो अवस्था सिर्जना भएको छ।

    पूर्वएमाले र पूर्वमाओवादी एक भएर करिब तीन वर्षदेखि सञ्चालन गर्ने क्रममा नेकपाभित्र पटक पटक विवाद देखिएपनि पार्टी विभाजनसम्म पुगेर नेपालमा फेरि अस्थिरता सिर्जना हुन्छ भन्ने आँकलन बेइजिङले गरेको थिएन।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, भाद्र ११ २०७७०६:२८:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend