काठमाडौं – चीनसँग निकट रहेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्षद्वय प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ फुटेपछि काठमाडौंमा चिनियाँ सक्रियता बढेको छ ।
मंगलबार राति नेपालस्थित चिनियाँ राजदूत होउ यान्छी अकस्मात राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेकी छन् । यान्छीले नेकपा फुट्न नहुने भन्दै यसअघि ओली र प्रचण्डलाई समेत भेटेकी छन् ।
केपी ओली र राष्ट्रपति भण्डारीले मिलेर संसद विघटन गरेपछि चीन असन्तुष्ट रहेको समाचार सार्वजनिक भइरहेका बेला राजदूत यान्छी शितलनिवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
आज मंगलबार ओली पक्षले केन्द्रीय कमिटी बैठक गरेर सदस्यहरू थपेको छ भने प्रचण्ड पक्षले ओलीलाई कारवाही गर्दै माधवकुमार नेपाललाई अध्यक्ष बनाएको छ । नेकपाभित्र विकसित घटनाक्रमले चीन चिन्तित रहेका समाचार सार्वजनिक भइरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।