काठमाडौं – सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीको अध्यक्ष वरिष्ठ नेता माधव नेपाल बन्ने भएका छन्। प्रधानमन्त्रीसमेत रहेका नेकपाका कार्यकारी अध्यक्ष केपी शर्मा ओलीले संसद विघटन गरेको भन्दै बहुमत सदस्यबाट कारबाही गरी रिक्त अध्यक्ष पदमा नेपाललाई अध्यक्ष बनाउन लागिएको हो।
नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता नेपाल समूहले आज मंगलबारको लागि डाकेको केन्द्रीय समितिको बैठकबाट ओलीलाई कारबाही गर्नेछ। दाहाल–नेपाल समूहले संसद विघटन गर्नु असंवैधानिक र अलोकतान्त्रिक कदम भन्दै देशलाई अस्थिरतामा धकेलेको अभियोग लगाएर पार्टीको सदस्यसमेत नरहने गरी कारबाही गर्न लागेका हुन्।
ओलीले आफ्नै पार्टीको स्पष्ट बहुमत रहेको प्रतिनिधि सभाको विघटन गरेर देशमा राजनीतिक संकट निम्त्याएको आरोप दाहाल, नेपाल समूहले लगाएका छन्। आजको बैठकले नेकपाको अध्यक्ष नेपाललाई बनाउन लागिएको हो। ‘केन्द्रीय कमिटी बैठकअघि बस्ने स्थायी कमिटी बैठकले ओलीमाथि कारवाहीको प्रस्ताव तयार पार्छ र त्यसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।
त्यही बैठकले माधवकुमार नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको छ। पार्टीको विधानमा दुई अध्यक्षको व्यवस्था रहेकोले रिक्त हुने स्थान नेपाल अध्यक्ष हुनेछन्। सोमबार नै स्थायी कमिटी बैठक बस्ने भनिए पनि सांसदहरुसँग छलफल, सर्वदलीय बैठक र आपसी छलफल आदिमा दिनभर व्यस्त भएको भनी सो बैठकलाई मंगलबारको लागि सारिएको थियो।
हिजो अध्यक्ष ओलीले बालुवाटारमा त कार्यकारी अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपाल समूहले बानेश्वरमा गुट भेला गरेका थिए। ओली पार्टीका सबै कमिटीमा अल्पमतमा छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।