काठमाडौं - वर्तमान केपी ओली नेतृत्वका १२ मन्त्रीले अझै आफ्नो सम्पती विवरण बुझाएका छैनन्। भ्रष्टाचार निवारण ऐन, २०५९ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ अनुसार सार्वजनिक पद धारण गरेको व्यक्तिले सम्बन्धित कार्यालय समक्ष पद धारण गरेको ६० दिनभित्र सम्पत्ति विवरण पेश गर्नुपर्ने उल्ल्ेख छ।
सम्पति विवरण उपलब्ध नगराएका मन्त्रीहरु प्रति भ्रष्टाचार गरेर रकम थुप्राएको आरोप पनि लाग्दै आएको छ। उनीहरुले मन्त्री हुनुभन्दा पहिले र अहिले कति सम्पत्ति जोडे भन्नेबारे अहिलेसम्म सरकारलाई विवरण उपलब्ध गराएका छैनन्। यसले प्रधानमन्त्री केपी ओलीले भन्दै आएको सुशासन र पारदर्शीताको नाङ्गो नाचसमेत भन्न सकिन्छ। सबैमन्त्रीहरुले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, केन्द्रीय शाखामा आफ्नो सम्पत्ति विवरण उपलब्ध गराउनुपर्ने उल्लेख छ। प्रधानमन्त्री केपी ओलीले भने आफ्नो सम्पत्ति विवरण २०७६/७७ सार्वजनिक गरेका छन्।
त्यसैगरी उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेल, जलस्रोत, ऊर्जा तथा सि‘चाइ मन्त्री वर्षमान पुन, वन तथा वातावरण मन्त्री शक्तिबहादुर बस्नेत, युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार , भूमिव्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्याल र खानेपानी मन्त्री बिना मगरको सम्पत्ति विवरण पनि सार्वजनिक गरिएको छ। यी हुन् सम्पत्ति विवरण लुकाउने मन्त्रीहरु प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको वेभ साइटमा सम्पत्ति विवरण ‘‘प्राप्त भएको‘‘ भनएिको छ, तर अद्यावधिक रूपमा विवरण सार्वजनिक नभएका मन्त्रीहरुमा चर्चित अनुहारहरु नै छन्।
संघीयमामिला तथा स्थानीय विकास मन्त्री हृदेश त्रिपाठी, कृषि मन्त्री घनश्याम भुसाल, स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, पर्यटन मन्त्री योगेश भट्टराई, श्रम रोजगारमन्त्री रामेश्वार राय यादव, भौतिक पूर्वाधान मन्त्री बसन्तकुमार नेक्वाङ, महिला वालवालिका मन्त्री पार्वत गुरुङ, कानुन मन्त्री शिवमाया तुम्बाहाङफे रहेका छन्। त्यस्तै उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगड, स्वास्थ्य राज्जयमन्त्री नवराज रावत र सहरी विकास राज्यमन्त्री रामबीर मान्धरको पनि सम्पति विवरण सार्वजनिक भएको छैन।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।