बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बामदेवलाई ओलीको अफर नै अफर : कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव, कहिले अध्यक्ष

बामदेवलाई ओलीको अफर नै अफर : कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव, कहिले अध्यक्ष

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 3.1K
    SHARES

  • बामदेवलाई ओलीको अफर नै अफर : कहिले प्रधानमन्त्री बनाउने प्रस्ताव, कहिले अध्यक्ष

     काठमाडौं– सत्तारुढ नेकपाको उपाध्यक्षसमेत रहेका नेपाल कम्युनिष्ट पार्टीका उपाध्यक्ष बामदेव गौतमलाई नेकपाका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले फकाउन अनेक जाल रचेका छन्। शनिबार ओलीले गौतमलाई अध्यक्ष बनाउन आफू तयार रहेको बताएपछि ओली पक्षका नेताहरुले माधव नेपालसहितका नेतालाई फकाउन ठूलै कसरत गरे।

    शुक्रबार आफ्नै निवास भैँसेपाटीमा भएको नेकपाका नेताहरुको बैठकमा उपाध्यक्ष गौतमले प्रधानमन्त्री ओलीले आफूलाई अध्यक्ष पदका लागि प्रस्ताव गरेको जानकारी गराएका थिए। आगामी महाधिवेशनसम्म अध्यक्ष पदमा गौतम र पुष्कमल दाहाललाई राखेर आफू भने प्रधानमन्त्रीमा रहिरहने र साथसाथै पार्टीभित्रको तीव्र असन्तुष्टि मत्थर पार्ने प्रयासस्वरुप ओलीको यो कदम आएको हो।

    तर, दाहाल र बरिष्ठ नेता माधव नेपाल पक्षले यो कुरा सहजै मान्ने देखिएको छैन। यस अघि गौतमलाई ओलीले प्रधानमन्त्रीको ललिपप देखाएपछि दाहाल–नेपाल क्याम्प छोडेर ओली क्याम्प गएका थिए। प्रधानमन्त्री ‌ओलीबाट यही प्रस्ताव पाएका गौतम शुक्रबार पेरिसडाँडामा आयोजित दाहाल–नेपालको गुट भेलामा समेत उपस्थित भएनन्।

    गौतम अध्यक्ष पदमा आउँदा अध्यक्ष पदका अर्का दाबेदार माधवकुमार नेपाल भने असन्तुष्ट हुने भएपछि दोस्रो तहका नेताहरु शनिबार दिनभरिजसो नेपाललाई यसबाट राजी गराउन प्रयासरत रहेको बुझिएको छ। नेपाल कुनै पनि हालतमा आगामी महाधिवेशनमा अध्यक्ष निर्वाचित हुने रणनीतिमा छन्। शनिबार अध्यक्ष दाहाललाई भेट्न खुमलटार पुगेका प्रधानमन्त्री ओली र दाहाल दुवैलाई उपाध्यक्ष गौतमले त्यागको भावनाले अघि बढ्नुपर्ने बताए। यसअघि दाहाल–नेपाल पक्षमा रहेका गौतमले अचानक मध्यमार्गको बाटो लिएको बुझिएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend