काठमाडौं – आफ्नै पार्टीको विभिन्न कमिटिमा अल्पमतमा परेका केपी ओलीविरुद्ध अन्य दलले रणनीति बनाउन सुरु गरेका छन्। शनिबार बिहान नेकपाका असन्तुष्ट नेता पुष्पकमल दाहाललाई ओलीले सत्ताधारी नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालयमा दर्ता गरेको अभियोगपत्र फिर्ता गर्न गरेको आग्रह ठाडै अस्वीकार गरिएपछि निराश ओलीको संकट त्यसबेला अझ पेचिलो बन्न पुग्यो, जब प्रतिपक्षी नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले ओलीबिरुद्ध संसदमा भिड्ने प्रतिबद्धता व्यक्त गरे।
खुमलटार पुगेका ओलीको अनुरोधलाई प्रचण्डले ठाडै अस्वीकारमात्र गरेनन्, उनले अन्य असन्तुष्ट पक्षका वरिष्ठ नेताहरु माधवकुमार नेपाललगायतलाई बोलाएर प्रधानमन्त्रीसँग आफूले गरेको असफल वार्ताको विवरण सुनाए। पार्टीका विभिन्न निकायहरुमा बहुमत गुमाउँदै गएका ओलीबिरुद्ध शनिबार दिउँसो नै प्रतिपक्ष नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाको बुढानिलकण्ठस्थित घरमा दोस्रो ठूलो प्रतिपक्षी दल जनता समाजवादी दलका नेता पुगेर संसद अधिवेशन बोलाउन माग गर्ने सहमति गरेका थिए।
भेला भएका कांग्रेस र जसपाका करिब सय जना सदस्यहरुले ओलीबिरुद्ध निर्णय लिए पनि नेकपा असन्तुष्ट पक्षसँग भने उक्त पक्षको कुनै सहमति बनिनसकेको बताइएको छ। शनिबारको ओलीको दौडधूप आइतबार निर्धारित नेकपा स्थायी कमिटी बैठकमा देखा परेको ओलीबिरोधी आकारबाट तर्सिएर आएको हो। यसैबीच नेकपाको असन्तुष्ट पक्ष खासगरी पूर्वमाओवादी निकट खेमाले प्रचण्डलाई वैकल्पिक प्रधानमन्त्रीका रुपमा उभ्याएका छन्
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।