बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

कांग्रेससँग चुनाव लड्दा नेकपालाई लज्जास्पद हार ! यी हुन् जित्ने नामहरू

कांग्रेससँग चुनाव लड्दा नेकपालाई लज्जास्पद हार ! यी हुन् जित्ने नामहरू

  • मिडिया डबली
  • आइतवार, पौष ५ २०७७

  • 9.8K
    SHARES

  • कांग्रेससँग चुनाव लड्दा नेकपालाई लज्जास्पद हार ! यी हुन् जित्ने नामहरू

    काठमाडौं – नेपाली कांग्रेस र नेकपा समर्थित अधिवक्ताहरूले प्यानल नै बनाएर चुनावी मैदानमा उभिएको सर्वोच्च अदालत बार एसोसिएशनको नयाँ कार्यसमितिमा नेपाली कांग्रेस निकटको लोकतान्त्रिक समूहले सानदार जीत हासिल गरेको छ ।

    शनिवार काठमाडौंको रामशाहपथस्थित सर्वोच्च बारको कार्यालयमा भएको निर्वाचनमा लोकतान्त्रिक समूहबाट अध्यक्ष पदमा उम्मेदवार बनेका वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य विजयी भएका छन् ।

    लोकतान्त्रिक प्यानलका शाक्यले २९५ मत पाउँदा नेकपा निकटको प्रगतिशील समूहका अध्यक्षका उम्मेदवार वरिष्ठ अधिवक्ता २५० मत मात्रै ल्याएर पराजित हुनुपर्‍यो ।

    उपाध्यक्ष पदमा मुकुन्दप्रसाद पौडेल (प्रगततिशील) २८४ मतसहित विजयी भएका छन् । पौडेलसँग प्रतिस्पर्धामा नमराज रिजाल (लोकतान्त्रिक) २५४ मत ल्याएर पराजित भए ।

    सचिव पदमा ऋषिराम घिमिरे (लोकतान्त्रिक) ३१६ मत ल्याएर विजयी भएका छन् । अञ्जिता खनाल (प्रगतिशील) २२४ मत ल्याएर सचिव पदमा पराजित भएकी छन् ।

    सहसचिव पदमा शर्मिला श्रेष्ठ (लोकतान्त्रिक) २८० मत ल्याएर विजयी भएकी छन् । श्रेष्ठसँग शोभा कार्की (प्रगतिशील) २५९ मत ल्याएर पराजित भएकी छन् ।

    कोषाध्यक्ष पदमा विनोदकुमार कार्की (लोकतान्त्रिक) २७४ मत ल्याएर विजयी भएका छन् । कार्कीसँग श्यामकुमार खत्री (प्रगतिशील) २६० मतसहित पराजित भएका छन् ।

    महिला सदस्य पदमा अमिता गौतम पौडेल (लोकतान्त्रिक) निर्वाचित भएकी छन् । गौतमले २९१ मत ल्याउँदा पराजित प्रगतिशील समूहकी देवी रेग्मीले २०८ मत पाएर पराजित भइन् ।

    सदस्य पदमा अनन्त कार्की (प्रगतिशील) ले २५८, अनन्तराज लुइँटेल (प्रगतिशील) ले ३०२, तिलकविक्रम पाण्डे (प्रगतिशील) ले २५६, दीपनारायण शाह (प्रगतिशील) ले ३०३, विकास भट्टराई (लोकतान्त्रिक) ले २७६, राजेन्द्रप्रसाद शाह (लोकतान्त्रिक) ले ३१३, मिराज श्रेष्ठ (लोकतान्त्रिक) ले ३०५, डा. रामहरि त्रिपाठी (लोकतान्त्रिक) ले २६९ र निर्मला भण्डारी (लोकतान्त्रिक) ले २७४ मत ल्याएर निर्वाचित भएका छन् ।

    बारको चुनावमा कांग्रेस र कम्युनिस्ट समर्थितबीच कडा प्रतिस्पर्धा भएको थियो । कम्युनिस्ट सरकारका गलत कर्तुतले बदनाम भइरहेको बेला नेकपालाई बारको चुनावले समेत झड्का लागेको छ ।

    131917604_161156052444646_2350932116985334338_n.jpg

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend