आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवनडोवस्कीले जिते फिफा उत्कृष्ट वर्ष खेलाडी

मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवनडोवस्कीले जिते फिफा उत्कृष्ट वर्ष खेलाडी

  • मिडिया डबली
  • शुक्रवार, पौष ३ २०७७

  • 6.1K
    SHARES

  • मेस्सी र रोनाल्डोलाई पछि पार्दै लेवनडोवस्कीले जिते फिफा उत्कृष्ट वर्ष खेलाडी

     काठमाडौं – विश्व फुटबलका उत्कृष्ट दुई खेलाडी लियोनल मेसी र क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै बायर्न म्युनिखका फरवार्ड रोबर्ट लेवनडोवस्कीले फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जितेका छन्। पोल्यान्डका फरवार्ड लेवनडोवस्कीले गत सिजन बायर्नबाट ४७ खेलमा ५५ गोल गरेका थिए।

    उनकै प्रेरणामा बायर्नले गत सिजन तेहेरो उपाधि जित्न सफल भएको थियो। ३२ वर्षे लेवनडोवस्कीले जर्मन बुन्डेसलिगा, जर्मन कप र च्याम्पियन्स लिगमा सबभन्दा धेरै गोल गर्ने खेलाडी बनेका थिए। राष्ट्रिय टीमका कप्तान, मुख्य प्रशिक्षक, समर्थकको अनलाईन मतदान तथा २०० सञ्‍चारकर्मीले दिएको मतका आधारमा गएराति विजेता घोषणा गरिएको हो। लेवनडोवस्कीले पहिलोपटक फिफा उत्कृष्ट वर्ष खेलाडीको अवार्ड जित्न सफल भएका हुन्।

    उनले बार्सिलोनाका कप्तान लियोनल मेसी र युभेन्टसका फरवार्ड क्रिष्टियानो रोनाल्डोलाई पछि पार्दै यो अवार्ड जितेका हुन्। लेवनडोवस्कीले जारी सिजन पनि बायर्नबाट १४ खेलमा १६ गोल गरिसकेका छन्। ‘‘मेसी र रोनाल्डोलाई पछि यो अवार्ड जिुत्नु आफैंमा अविश्वसनीय हो। यो मेरो लागि सबभन्दा ठुलो उपलब्धि हो,’’ लेवनडोवस्कीले भने, ‘‘लामो समयदेखी म यो अवार्ड जित्न चाहन्थे। आज त्यो सपना विपना बनेको छ।’’ एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष ३ २०७७०७:४२:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend