आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

आईजीको खास मान्छे भन्दै एसपी कमल थापाको असुली धन्दा, पोल खुलेपछि घुमुवालाई कारवाही 

आईजीको खास मान्छे भन्दै एसपी कमल थापाको असुली धन्दा, पोल खुलेपछि घुमुवालाई कारवाही 

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 10.7K
    SHARES

  • आईजीको खास मान्छे भन्दै एसपी कमल थापाको असुली धन्दा, पोल खुलेपछि घुमुवालाई कारवाही 

    काठमाडौं – सीमा क्षेत्रमा हुने तस्करी र लागूऔषध कारोबारमा संलग्नसँग पैसा उठाएर एसपी कमल थापालाई बुझाउने घुमुवाहरू कारवाहीमा परेका छन् ।

    आर्थिक लेनदेन गरेको आरोप खेपेका जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपी कमल थापाका घुमुवा प्रहरी र केही चौकीका इञ्चार्जलाई प्रदेश प्रहरी कार्यालय विराटनगरले कारवाही गर्दै तानेको छ ।

    सीमा क्षेत्रमा अझै चलखेल भएको भन्दै एसपी थापाका घुमुवालाई प्रदेश प्रहरी कार्यालय विराटनगरले तानेको हो । लागूऔषध कारोबारमा संलग्नलाई आर्थिक चलखेल गरी रकम लिँदै छाड्ने, माग गरेजति रकम नदिए मुद्दा चलाउने र भारतसँगको खुला नाकाबाट चोरी तस्करीमा सेटिङ गरी रकम लिने गरेको उजुरी परेपछि एसपी थापामाथि प्रदेश प्रहरी कार्यालय विराटनगरले छानबिन गरेको थियो ।

    उनीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीमा उजुरी परेको थियो । सुनसरी आएपछि एसपी थापाले आफू आईजीपी शैलेश थापाको विश्वासपात्र भएको भन्दै उच्च पदस्थ अधिकारीहरूको निर्देशन समेत अवज्ञा गर्न थालेको प्रहरी स्रोतले जनाएको छ ।

    आफू अपराध अनुसन्धानका क्षेत्रमा अब्बल भएको र आईजीपीको खास मानिस भएको भन्दै एसपी थापाले आफू मातहतका केही घुमुवा र केही चौकीका इञ्चार्जमार्फत रकम असुली गर्ने गरेको प्रहरी स्रोतले जनाएको छ ।

    प्रदेश प्रहरी कार्यालय विराटनगर र अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पनि छानबिन सुरू गरेपनि एसपी थापाले आफू आईजीपीको खास मानिस भएको भन्दै सत्तारुढ नेकपाका सुवास नेम्वाङसँग आफ्नो घनिष्ट सम्बन्ध भएको भन्दै नेकपा कार्यकर्तालाई समेत सार्वजनिक कार्यक्रममै होच्याउने गरेको एक नेकपा नेताले गुनासो गरे ।

    अख्तियारमा उजुरी र प्रदेश प्रहरीले छानबिन गरेसँगै एसपी थापाले आफूलाई राम्रो देखाउन केही पत्रकारलाई रात्रिभोज गराएर समाचार समेत लेखाएका थिए । डीएसपी हुँदा पूर्वीपहाडी जिल्ला संखुवासभामा उनले करोडौं कमाएको प्रहरी अधिकारीहरू नै बताउँछन् ।

    सुनसरीमा कार्यरत घुमुवा र केही प्रहरी प्रदेश कार्यालय तानिएको विषयमा डीआईजी ईश्वरबाबु कार्कीले भने नियमित प्रक्रिया भएको प्रतिक्रिया दिए । कार्कीले लामो समयदेखि कार्यरत प्रहरीलाई तानेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय सुनसरीमा कार्यरत घुमुवालाई तत्कालको लागि तानेको कार्कीले बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, कार्तिक १७ २०७७०५:३५:०४

    कमल थापा

    लेखक रास्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा नेपाल सरकारका पूर्व उपप्रधानमन्त्री हुन् ।
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend