आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images
डबली बिशेष

आईजीपी नियुक्ति नहुदै एआईजी बढुवाको चलखेल सुरू !

आईजीपी नियुक्ति नहुदै एआईजी बढुवाको चलखेल सुरू !

  • मिडिया डबली
  • सोमवार, आषाढ २२ २०७७

  • 10.7K
    SHARES

  • आईजीपी  नियुक्ति नहुदै एआईजी बढुवाको चलखेल सुरू !

    काठमाडौं- आगामी विहिबार अर्थात् असार २५ देखि नेपाल प्रहरीका २७ औ आईजीपी ठाकुर प्रसाद ज्ञवालीको ३० बर्षे पदावधी सकिदै छ ।

    नेपाल प्रहरीको आगामी नेतृत्व अर्थात २८ औ आईजीपी नियुक्तिको विषयलाई लिएर चौतर्फी चासो र जिज्ञासा बढदै गएको छ । चासो र जिज्ञासा बढनुको कारण यस अघिका आईजीपी नियुक्तिको विषय विवादीत बन्नुले पनि हो ।

    आईजीपी नियुक्तिमा ठुलो आर्थीक लेनदेन र राजनीतिक प्रभावका कारण प्रहरी आईजीपी नियुक्ति तथा सरूवा बढुवामा सर्बसाधारको समेत चाशो रहने गर्छ । नेपाल प्रहरीमा हालका आईजीपी ठाकुर प्रसाद ज्ञवालीले उमेर हदका कारण आगामी असार २५ देखि अवकाश पाउने भएकाले अवकाशको अघिल्लो दिन सरकारले २८औ प्रहरी महानिरिक्षक (आईजीपी)नियुक्ति गर्नु पर्नेछ।

    को बन्ला २८ औ आईजीपी ?

    नेपाल प्रहरीमा २८ औ आईजीपीको रेशमा एआईजी द्वय शैलेस थापा क्षेत्री र हरि बहादुर पाल प्रतिस्पर्धामा छन् । सरकारले विश्वास गरेको यि दुई मध्ये एकजना आगामी असार २५ गते २८ औ प्रहरी महानिरिक्षक नियुक्त हुनेछन्। पाल र थापा विच आईजीपीको प्रतिस्पर्धा कम तर सहकार्य वढि देखिएसंगै २८ औ आईजीपी नियुक्ति भन्दा त्यसपछि रिक्त रहने दुई एआईजी पद बढुवाको विषय थप पेचिलो बन्दैछ । 

    अव बढुवा हुने एआईजीले २९ औ आईजीपीको नियुक्तिको विषय समेत निर्क्योल गर्ने छ । २९ औ आईजीपीको नियुक्ति १०१ ब्याचका डिआईजीहरू विश्वराज पोखरेल,धिरजप्रताप सिंह, सहकुल थापा, वसन्त कुमार लामा उत्तम सुबेदी, रविन्द्र धानुक वा अरुण कुमार बिसी मध्येबाट हुनुपर्ने छ ।

    रोलक्रम मिच्ने यस्तो छ चलखेल !

    हालका आईजीपी ठाकुर ज्ञवाली र पहिलो नम्बरमा रहेकाले आईजी तारिणी लम्साल आगामी असार २५ गते ३० बर्षे उमेरहदका कारण अनिवार्य अवकाशमा जानेछन् ।  नयाँ आईजीपी नियुक्ति पछि रिक्त रहने दुई एआईजी बढुवा रोलक्रम तथा बरिस्ठताको आधारमा ९८ ब्याचका डिआईजीद्वय प्रधुम्न कार्की, तथा निरजबहादुर शाही स्वाभाविक रूपमा एआईजीमा बढुवा हुनु पर्छ ।

     यि दुई डिआईजी रोलक्रममा अगाडि रहेका अब्बल तथा विवाद रहित काम गरेका प्रहरी अधिकारी हुन । यीनै दुई ब्यावसायीक डिआईजीलाई राजनीतिक चलखेल बाट पछाडि पारिने गरि तिव्र चलखेल सुरू भईरहेको प्रहरी उच्च स्रोतको दावी छ । १०१ ब्याचका डिआईजी विश्वराज पोखरेल आफुभन्दा सिनियर ९८ ब्याचकायीनै दुई सिनियर डिआईजी कार्की र शाहीलाई पछाडि पारेर आफु एआईजी बन्न तिव्र रूपमा लागेको उनकै सहब्याचीको दावी छ । डिआईजी पोखरेल प्रहरी संगठनमा वरिस्ठताको रोलक्रम भत्काएर २९ औ आईजीपीमा पहिलो प्रतिस्पर्धी बन्ने तिव्र लविङ तथा चलखेलमा छन् ।

    ठुलै राजनीतिक चलखेल विना पोखरेलको यो अभिष्ट पुरा हुने संभावना निकै कम छ । किनभने भावी एआईजीका स्वाभाविक दावेदार कार्की र शाहीपोखरेल भन्दा वरिष्ठ डिआईजी मात्र हैनन् । उनि पोखरेल भन्दा ब्यावसायीक, अव्वल र विवाद रहितप्रहरी अधिकारीका हुन । यि दुई डिआईजीलाई पछाडि पारेर पोखरेललाई एआईजीमा बढुवा गरे ओली सरकार आलोचित मात्र बन्ने छैन ,प्रहरी भित्र थप वेथीती मौलाउने एक उच्च प्रहरी अधिकारी बताउँछ ।

    उनि भन्छन झ त्यसो भयो भने प्रहरीमा काम गरेर भन्दा शक्ति केन्द्रको नजिक रहेर करिअर प्लानिङ्ग गर्नुपर्छ भन्ने मनोवृति प्रहरीमा स्थापित हुनेछ । तत्कालीन डिआईजी शुशील भण्डारी को सडक दुर्घटनामा मृत्युु भए पछि रिक्त रहेको डिआईजी पदमा वरिष्ठ एसएसपीहरूलाई पछाडि पारेर शक्तिकेन्द्रको प्रभावमा विश्वराजल रोलक्रम मिचेर डिआईजी बन्न सफल भएका थिए । उनको डिआईजी बढुवाको प्रहरी संगठन भित्र र बाहिर चौतर्फी विरोध भएको थियो ।

    पोखरेल विरूद्द ९ भाईको मोर्चाबन्दी !

    प्रहरी उच्च स्रोतका अनुसार डिआईजी पोखरेलले रोलक्रम मिचेर एआईजी बन्न थालेपछि रोलक्रम मिच्न नदिन र प्रहरीको चेनअफ कमाण्ड भत्किन नदिन ९ भाईको मोर्चाबन्दी नै बनेको छ । एआईजी द्वय शैलेस थापा, हरीपाल उनिहरूका सहव्याची डिआईजी डिआईजी प्रधुम्न कार्की निरजबहादुर शाही पोखरेललाई रोक्न एक ठाउँमा उभिएका छन् ।

    त्यस्तै पोखरेलका सहब्याची १०१ ब्याचका डिआईजीहरू सहकुल थापा, धिरज प्रताव सिंह, रविन्द्र धानुक,उत्तम सुबेदी अरुण कुमार बिसी पोखरेलको बढुवा भए आफुहरूको करिअर प्लानिङ्ग नै अवरुद्ध हुने भन्दै पोखरेलको अस्वाभाविक चलखेल विरूद्द एक ठाउँमा उभिएका छन् ।

    यसरी हुदैछ चलखेल !

    २८ औ आईजीपी नियुक्ति पछि रिक्त रहने दुई ९८ ब्याचका डिआईजीद्वय प्रधुम्न कार्की र निरज बहादुर शाही मध्ये १ जनालाई पछाडि पारेर १०१ ब्याचका विश्वराज पोखरेल एआईजी बन्न राजनीतिक प्रभाव र शक्तिकेन्द्रको प्रयोग संगै अन्तिम प्रयासमा छन् ।

    पोखरेललाई एआईजीमा नियुक्ति रोलक्रम भत्काएमा सरकारले थप चौतर्फी आलोचना को सामना गर्नुपर्नेछ ।यस कारण पोखरेलले प्रयोग गरेकोे शक्ति केन्द्र समेत यसपटक हच्किएको छ ।

    जसका कारण विगतमा जस्तो यसपटक उनि एआईजीमा वढुबा हुने संभावना भने निकै कम रहेको उच्च स्रोतको दावी छ ।प्रहरी भित्र हुने वेलाबेला हुने यस्ता अस्वस्थ चलखेलका कारण संगठन भित्र चरम निराशा मात्र छाएको छैन । प्रहरी प्रतिको आकर्षण आकर्षण, तथा नागरिक को विश्वास पनि कम हुदै गएको छ ।

    यसको एउटा प्रत्यक्ष असर प्रहरीको रिक्त पदपूर्तिमा परेको छ । प्रहरी भित्र पछिल्लो समय आकर्षण कम हुँदा जागीर छाडनेको लर्काे नै लागेको छ यसरी रोलक्रम मिचिए पोखरेल एआईजीमा बढुवा भए उनिभन्दा बरिस्ठ ९८ ब्याच डिआईजीको राजिनामा आउने संभावना रहेको मुख्यालय स्रोतको दावी छ ।फौजी संगठनमा सिनियरको महत्त्व अन्य निजामती भन्दा महत्त्वपूर्ण हुन्छ । प्रहरी भित्र कमाण्ड कन्ट्रोल, चेनअफ कमान्ड, सिनियारिटीको आधारमा मात्रै निर्धारण हुन्छ । यस पटकको एआईजी रोलक्रम तथा सिनियारीटीमा मात्र रहने छैन ।

    अश्वभाविक रूपमा १०१ आफ्नै सहब्याचीलाई पछाडि पारेर डिआईजी बनेका पोखरेल आफ्नै ब्याचबाट प्रतिस्पर्धामा एआईजी, आईजीपी बन्नुपर्ने आवाज सिंगो प्रहरी संगठनमा नै चर्को रूपमा उठेको छ ।उनि यसपटक पनि विगतमा डिआईजी नियुक्ति भएजस्तै एआईजीमा पनि रोलक्रम मिचेर एआईजी नियुक्ति भै हाले भने , उनकै ब्याची १०१ डिआईजीहरूको भावी आईजीपी बन्न सपना पुराहुने छैन ।

    यस्तो अवस्था आएमा उनका सहब्याची डिआईजीको सामुहिक राजिनामा आउने संभावना छ हालका रक्षामन्त्री ईश्वर पोखरेल तथा अख्तियार दुरुपयोग अनुसंधान आयोगका प्रमुख आयुक्त नविन घिमिरेको दवाबमा पोखरेललाई डिआईजी नियुक्ति गर्दा ९० औ ब्याचका विरेन्द्र श्रेष्ठ एसएसपीबाटै अवकाशप्राप्त भएभने लगायत ९८ औ ब्याचका अरू एसएसपी पनि बढुवा नभै अवकाशमा जादै छन् ।

    पोखरेलको अस्वभाविक डिआईजी बढुवाले तत्कालीन आईजीपी शर्वेन्द्र खनाल तथा गृहमन्त्री रामबहादुर थापाको चौतर्फी आलोचित भएका थीए । डिआईजी विश्वराज पोखरेल यस पटक वढुवाए आईजी बढुवा हुने संभावना निकै कम छ ।

    तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठतम् डिआईजीलाई पछाडि पारेर तेस्रो नम्बरका डिआईजी जयबहादुर चन्द आईजीपी नियुक्त विवादीत मात्र बनेन ।

    सर्वाेच्च अदालतमा पुगेर बदर भएको नजिर रहेकाले ओली सरकार यस्तो गल्ती दोहोर्याउने संभावना छैन । ओली सरकार गठन संग प्रहरीका माथिल्लो पदपूर्ति रोलक्रम अनुसार नै भैरहेका छन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष १ २०७७०७:५८:५१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend