बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

विद्या भण्डारीको अफिसमा नेकपा नेताहरूको यत्रो अपमान !

विद्या भण्डारीको अफिसमा नेकपा नेताहरूको यत्रो अपमान !

  • मिडिया डबली
  • बुधवार, पौष १ २०७७

  • 5.8K
    SHARES

  • विद्या भण्डारीको अफिसमा नेकपा नेताहरूको यत्रो अपमान !

    काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीका सदस्य नेकपाका ८३ जना सांसदहरुले हस्ताक्षर बोकेर भीम रावल र पम्फा भुसाल दिउसो पौने १ बजे राष्ट्रपति निवास शीतल निवास पुगेका उनीहरुलाई अपमान भएको छ ।

    नेकपामा ओलीइतर मानिने सांसद भीम रावल, पम्फा भुसाल सहितको टोली शीतल निवास पुग्नासाथ राष्ट्रपतिलाई जानकारी गराएर दर्ता नम्बर लिएर आउने बताएरका राष्ट्रपति कार्यालयका सचिव हरि पौडेल सम्पर्कमै नआएको रावलले जानकारी दिएका छन् । उनले भने हामि २ जना रास्ट्रपति कार्यालयमै छौ ।

    'हामी स्थायी कमिटीका दुई सदस्य म र पम्फा भुसाल पौने १बजेदेखि यहीँ छौं, उनले थपे,'हामीलाई दर्ता नम्बर आउँछ भनेर सचिव यहाँबाट जानुभएको हो । न हामीले दर्ता नम्बर पाएका छौं । न राष्ट्रपतिसँग कुराकानी गर्न नै ।'

    उनीहरु तत्काल संसद बैठक बोलाउन माग गर्दै आफूहरु ८३ जनाको हस्ताक्षर लिएर राष्ट्रपति निवास गएका थिए ।राष्ट्रपति कार्यालयका सचिव हरि पौडेललाई घण्टौं कुर्दा पनि भेट्न नसकेका कारण नेताहरूले निवेदन कार्यालयमा बुझाउन पाएका छैनन् ।

    ओलीको इशारामा फटाफट अध्यादेश जारी गर्ने विद्या भण्डारीको कार्यालयमा प्रक्रिया अनुसार नेकपा सांसदले लगेर गएको निवेदन समेत दर्ता भएको छैन । मंगलबार राष्ट्रपति भण्डारीले संवैधानिक परिषद् सम्बन्धी अध्यादेश जारी गरेपछि विवाद चर्किएको थियो  ।

    रावललले भने 'सचिव हरि पौडेलले दर्ता गरेर नम्बर लिएर आउँछु भनेर जानुभएको हो, उहाँ अहिलेसम्म आउनुभएको छैन । हामी प्रतिक्षालयमै छौँ । दर्ता नम्बर नआएसम्म हामी यहीँ बस्छौँ ।'

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend