काठमाडौं–सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक आज मंगलबार बस्दैछ । बैठक अपरान्ह १ बजे बालुवाटारमा बस्न लागेको हो। बैठकमा सरकारले मंगलबार जारी गरेको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७७’ का बारेमा छलफल गर्ने अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको तयारी छ।
मंसिर २८ गते बसेको स्थायी कमिटी बैठकले बुधबारका लागि बैठक तय गरेको थियो। पार्टी विवादकै बीच नयाँ अध्यादेश ल्याइएपछि नेकपा विवाद थप उत्कर्षमा पुगेको छ। कार्यकारी अध्यक्ष दाहालसँग परामर्श नै नगरी प्रधानमन्त्री एवं अर्का अध्यक्ष केपी ओलीले अध्यादेशका लागि सिफारिस गरेको भन्दै बहुमत सचिवालय सदस्यहरू मंगलबार खुमलटारमा भेला भई छलफल गरेका थिए।
आजको बैठकमा प्रधानमन्त्री ओली सहभागी हुनेबारे अन्योल छ। प्रचण्डले मंसिर ३ गतेको सचिवालय बैठकमा पेस गरेको प्रतिवेदन फिर्ता गरी गत भदौ २६ गते निर्णय वरिपरिबाट सहमति खोज्नुपर्ने प्रधानमन्त्री ओलीको अडान छ। तर, प्रचण्डले दुवै अध्यक्षको प्रतिवेदन स्थायी कमिटी र केन्द्रीय कमिटी बैठकमा छलफल गरी निर्णयमा पुग्नुपर्ने बताएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।