आइतवार, भाद्र १४ २०८३Aug 30 2026

Logo
images images

पाकिस्तानमा अझै पोलियोको प्रकोप, पोलियोले वार्षिक करिब १०० बालबालिका जोखिममा

पाकिस्तानमा अझै पोलियोको प्रकोप, पोलियोले वार्षिक करिब १०० बालबालिका जोखिममा

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 6.0K
    SHARES

  • पाकिस्तानमा अझै पोलियोको प्रकोप, पोलियोले वार्षिक करिब १०० बालबालिका जोखिममा

    इस्लामावाद - पाकिस्तानमा अझै पोलियो प्रकोप व्याप्त छ । विश्‍वभर पोलियो रोग उन्मुलनमा हुन नसकेका हालसम्म पाकिस्तान र अफगानिस्तान मात्र छन् । यी मुलुकहरुमा अझै ठूलो संख्यामा पाँच वर्षभन्दा मुनिका बालबालिकाहरु पोलियोको जोखिममा पर्ने गरेका छन् । 

    पोलियोले बाबालिकाको स्पाइनल कर्ड तथा जीवनभर पक्षघात गराउने समस्या हुने गरेको छ । अफगानिस्तान दशकौंदेखि गृहयुद्ध र सशस्त्र द्वन्द्वको चपेटामा  परेको छ । जसका कारण पोलियोविरुद्धको लडाईंमा प्रभावकारी कदम चाल्‍न सकेको छैन । 

    तर, पाकिस्तानमा गृहयुद्ध नहुँदा पनि अझै पोलियो उन्मुलन हुन सकेको छैन । पाकिस्तानको सरकारी तथ्यांक अनुसार सन् १९९४ मा मुलुकभर वार्षिक २० हजारभन्दा बढी बालबालिकामा पोलियो देखिएको थियो । १० वर्षपछि सन् २००४ मा वार्षकि २० जनामा पोलियो देखिएको थियो । चिकित्सा विज्ञहरुले यसलाई ठूलो उपलब्धि भनेका थिए । 

    यद्पि ९/११ पछि पाकिस्तानले अफगानिस्तान सीमा क्षेत्रमा युद्ध सुरु गर्‍यो र देशभर सैन्य तैनाथी बढायो । आत्मघाती बक विष्फोट र आतंककारीहरुले देशभर पोलियो कामदारहरूलाई पनि लक्षित गर्न थाले । 

    अमेरिकी र पश्‍चिमी मुलुकबाट आएका चिकित्सकहरुले पोलियोविरुद्धो खोप लगाइ दिने गरेका थिए । तर, आतंककारीहरुले उक्त खोपमा प्रजनन क्षमता र प्रतिरक्षा प्रणालीलाई नष्ट गर्ने औषधिको मिसावट गर्‍यो । त्यसकारण, देशभरका धेरै परिवारले आफ्ना बच्चाहरूलाई खोप लिन अस्वीकार गरे । 

    पाकिस्तानका आतंककारीहरुले पोलियोविरुद्को अभियान चलाउनेहरुलाई छानीछानी मार्न थाले । सन् २०१२ मा मात्रै करिब १०० पोलियोविरुद्ध काम गर्ने स्वास्थ्यकर्मी र चिकित्सकहरु मारिएका थिए ।  सन् २०२० मा पोलियोविरुद्धका स्वास्थ्यकर्मीमाथि ६ पटक आक्रमण भएको छ । जसका ५ जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । 

     सन् २०२० मा देशभर ७९ जनामा पोलियो भएको पाइएको छ । सन् २०१९ मा १४७ र सन् २०१८ मा १२ जनामा पोलियो भएको पाइएको थियो । 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण २५ २०७७१०:३७:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend