बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीले संवैधानिक परिषदको बैठक लगत्तै मन्त्रिपरिषद बैठक किन डाके ?

ओलीले संवैधानिक परिषदको बैठक लगत्तै मन्त्रिपरिषद बैठक किन डाके ?

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 4.2K
    SHARES

  • ओलीले संवैधानिक परिषदको बैठक लगत्तै मन्त्रिपरिषद बैठक किन डाके ?

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आकस्मिक रुपमा मन्त्रिपरिषद बैठक बोलाएका छन् । बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बोलाइएको छ । संवैधानिक परिषद बैठक ११ बजेपछि बस्न लागेको छ । सो बैठकअघि ‘आकस्मिक’ रुपमा मन्त्रिपरिषद बैठक बस्न लागेको एक मन्त्रीले बताए ।

    पार्टी भित्र विवाद कायमै रहेको बेला प्रधानमन्त्री तथा नेकपा अध्यक्ष ओलीले संवैधानिक परिषद्को बैठक आव्हान गरेका छन् । आइतवार बस्ने भनिएको बैठकमा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा अनुपस्थित रहने जानकारीपछि बैठक आज बिहानका लागि सारिएको हो ।

    संवैधानिक नियुक्तिबारे प्रम ओलीको सभापति देउवासँग छलफल भएपछि उनी बैठकमा सहभागी हुने भएका हुन् । नेकपामा संवैधानिक नियुक्तका बिषयमा पनि विवाद छ । पार्टीभित्र छलफल गरेर संवैधानिक नियुक्ति गर्नुपर्ने सचिवालय र स्थायी समितिका नेताहरुको धारणा छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत आयोगहरुमा ४५ पद रिक्त छन् । आजको मन्त्रिपरिषद बैठकले अन्य नीतिगत निर्णयहरु समेत लिने एजेण्डा रहेको स्रोतले जानकारी दिएकोछ। 

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend