काठमाडौं – गत आइतबार गणपुरक संख्या नपुगेको भन्दै स्थगित भएको संवैधानिक परिषदको बैठक आज बस्न लागेको छ। आइतबार प्रमुख प्रतिपक्षी दलका नेता तथा कांग्रेस सभापति शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा नगएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको बैठक स्थगित भएको थियो।
विभिन्न संवैधानिक निकायका ४५ पद रिक्त रहेकोले त्यसैको पदपूर्तिका लागि बैठक बस्न लागेको हो। ‘आजको बैठकमा सभापति ज्यु जानुहुन्छ,’ कांग्रेस सभापति देउवाको स्वकीय सचिव भानु देउवाले भने मिडियाडबलीसँग भने,‘बैठक नौ बजे भनेर खबर आएको छ। बैठक चाहिँ बालुवाटारमै बस्छ।’ संवैधानिक निकायका रिक्त रहेका अख्तियार, निर्वाचन आयोग लगायतमा कांग्रेसले भागवण्डा गरिरहेको छ।
यी हुन् रिक्त पदहरू
राष्ट्रिय मानवअधिकार आयोग - अध्यक्ष र ४ आयुक्त
अख्तियार दुरुपयोग अनुसन्धान आयोग - प्रमुख र २ आयुक्त
निर्वाचन आयोग - २ आयुक्त
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग - ४ आयुक्त
राष्ट्रिय महिला आयोग - अध्यक्ष र ४ आयुक्त
राष्ट्रिय दलित आयोग - अध्यक्ष र ४ आयुक्त
समावेशी आयोग - अध्यक्ष र ३ आयुक्त
आदिवासी तथा जनजाति आयोग - अध्यक्ष र ४ आयुक्त
मधेसी आयोग - ४ आयुक्त
थारू आयोग -४ आयुक्त
मुस्लिम आयोग - ४ आयुक्त
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।