बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

नेपालमा आउँदै कोरोनाको सहुलियतको भ्याक्सिन : यसले हानी गरेर उजुरी गर्न नपाइने

नेपालमा आउँदै कोरोनाको सहुलियतको भ्याक्सिन : यसले हानी गरेर उजुरी गर्न नपाइने

  • मिडिया डबली
  • मंगलवार, मंसिर ३० २०७७

  • 6.9K
    SHARES

  • नेपालमा आउँदै कोरोनाको सहुलियतको भ्याक्सिन : यसले हानी गरेर उजुरी गर्न नपाइने

    काठमाडौं – कोभाक्स सुविधाअन्तर्गत कोभिड–१९ विरुद्घको खोप प्राप्त गर्न उत्पादक कम्पनीलाई मुद्दा हाल्न नपाइने प्रत्याभूति दिनुपर्ने भएको छ । खोप लगाउने व्यक्तिलाई कुनै हानि–नोक्सानी भए त्यसको जिम्मेवार नहुने गरी उत्पादक कम्पनीले सुरक्षा प्रत्याभूति खोजेको सरकारी अधिकारीले जनाएका छन् ।

    कोभिड खोप सल्लाहकार समितिका संयोजक तथा बाल स्वास्थ्य महाशाखाका पूर्वनिर्देशक डा।श्यामराज उप्रेतीले कोभाक्सबाट खोप प्राप्त गर्ने सबै १ सय ८९ राष्ट्रले नै आगामी जनवरी ८ तारिखसम्म यस्तो प्रत्याभूति पठाइसक्नुपर्ने बताए । व्यक्तिले खोप लगाएपछि देखिन सक्ने कुनै पनि असामान्य दुष्प्रभावका लागि उत्पादकलाई दोष दिन नपाइने प्रक्रिया सुनिश्चित गर्न स्वास्थ्य मन्त्रालयले तयारी गर्दै छ ।

    ‘हामीले कोभाक्सबाट खोप पाउनका लागि उत्पादकलाई मुद्दा नहाल्ने सुरक्षा प्रत्याभूति पठाउनुपर्छ,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा।डा।रमेशकान्त अधिकारीले भने, ‘देशको २० प्रतिशत जनसंख्याका लागि १।६ डलर देखि २ डलरसम्मको सहुलियत मूल्यमा कोभाक्स सुविधाअन्तर्गत कोभिडको खोप उपलब्ध हुने भनिएको छ ।’ कोभाक्सले नेपाललगायत अन्य मुलुकलाई कुन खोप दिनेबारे अझै टुंगो लागेको छैन ।

    भविष्यमा दिने भनिएको खोपका लागि उत्पादकहरूले दुष्प्रभाव भए आफूमाथि मुद्दा नचल्ने प्रत्याभूति खोजेका हुन् । विज्ञहरूका अनुसार हाल धेरैजसो देश यस्तो जिम्मेवारी उठाउन तयार छन् । यसअन्तर्गत खोपले असर गरेमा क्षतिपूर्ति दिन कम्पनी बाध्य हुने छैन ।

    यसो गर्नुको कारण खोप विकास छिटो गर्नु रहेको अधिकारीहरूले बताएका छन् । सामान्यतया बजारमा खोप आउन १० देखि १५ वर्ष लाग्न सक्छ तर कोभिडको खोप एक वर्षभित्रै प्रयोगमा आइसकेको छ । सन् १९६० को दशकमा सबैभन्दा छिटो तयार गरिएको हाडे ९मम्प्स० को खोप निर्माण हुन ४ वर्ष लागेको थियो । ‘दसौं वर्षमा खोप बन्ने गरे पनि कोभिडको खोप १० महिनादेखि नै बन्न लागेको हो ।

    परीक्षणमा सुरक्षित देखिए पनि भविष्यमा कस्तो स्थिति हुन्छ भन्न सकिँदैन,’ डा। उप्रेतीले भने । खोप विकासका लागि अनुसन्धानको काम तीव्र गतिले भएको उल्लेख गर्दै इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक एवं कोरोना खोप व्यवस्थापन समितिका सदस्य डा।जीडी ठाकुरले भने, ‘मेडिकल साइन्स नै भन्छ, कुनै पनि उपचारको केही दुष्प्रभाव हुन सक्छ र यो मामिलामा खोप पृथक् छैन ।’

    उनका अनुसार खोपसँग सम्बन्धित अधिकांश दुष्प्रभाव हल्का हुन्छन् । खोप लगाउनेको टाउको दुख्ने, खोप लगाएको ठाउँमा रातो हुने वा सुन्निने हुन्छ । केही खोपका कारण ज्वरो, बिमिरा आए पनि गम्भीर असर बिरलै हुने विज्ञको भनाइ छ । डा।ठाकुरले भने, ‘विभिन्न अध्ययनअनुसार कोभिड खोपको दुष्प्रभावमा हल्का ज्वरो र दुखाइ सामान्य छ तर हालसम्म कुनै गम्भीर अवस्था प्रमाणित रूपमा देखिएको छैन ।’

    नेपालमा खोप ऐन, २०७२ अनुसार उपचार तथा क्षतिपूर्तिको समेत व्यवस्था गरिएको छ । कुनै खोप लगाउने व्यक्तिको स्वास्थ्यमा गम्भीर असर परे सो खोप जुन निकाय वा संस्थाबाट दिइएको हो उसले त्यस्तो व्यक्तिको उपचार गरेर क्षतिपूर्तिसमेत दिनुपर्छ । ‘यस्तो केस अनुसन्धान गरेर समितिले स्वीकृत गर्दा सरकारले १० लाख रुपैयाँसम्म दिने गरेको छ । हामी पनि यसतर्फ विचार गरिरहेका छौं,’ राष्ट्रिय खोप सल्लाहकार समितिका अध्यक्ष प्रा।डा।रमेशकान्त अधिकारीले भने । कान्तिपुर दैनिकमा अतुल मिश्रले खबर लेखेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, भाद्र १ २०७७०४:०७:५७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend