काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको कुशासन र नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको झगडाले वाक्कदिक्क भएका नेता कार्यकर्ता नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
शनिबार सिन्धुपाल्चोकको बलेफी गाउँपालिकामा आयोजित पार्टी प्रवेश तथा नेता कार्यकर्ता भेटघाट कार्यक्रममा करीब २०० जना नेकपा र राप्रपाका स्थानीय नेता कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
निर्वाचनका बेला ठूल्ठूला आकर्षक नारा दिएर भोट मागेका कम्युनिस्टले सरकारमा पुगेपछि गतिलो काम गर्न नसक्दा स्थानीय स्तरका कार्यकर्तामा तीब्र असन्तुष्टि छ । पूर्व मन्त्री तथा नेपाली कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले नवप्रवेशीहरूलाई स्वागत गरेका छन् ।
नेता बस्नेतले भावी दिनमा पार्टीले आफ्नो विधि र विधान भित्र रहेर नवप्रवेशीको योग्यता र कार्यक्षमताको आधारमा उचित जिम्मेवारी प्रदान गर्ने जनाइएको छ ।


मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।