बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओलीलाई देउवाको फोन कल, ओली झन समस्यामा 

ओलीलाई देउवाको फोन कल, ओली झन समस्यामा 

  • मिडिया डबली
  • आइतवार, मंसिर २८ २०७७

  • 5.4K
    SHARES

  • ओलीलाई देउवाको फोन कल,  ओली झन समस्यामा 

     काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले डाकेको संवैधानिक परिषदको बैठक नै अनिश्चित बनेको छ। आइतबार बिहान नौ बजेको लागि तय भएको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापतिले आफू उपस्थित हुन नसक्ने जानकारी गराएसँगै बैठक अनिश्चित बनेको हो। संवैधानिक निकायका विभिन्न ४५ पदमा पदपूर्ति हुन सकेको छैन।

    ‘सभापतिले बैठकमा अहिले उपस्थित हुन सक्दिन नयाँ मिति तोकेर खबर गर्नुस भनेर प्रधानमन्त्री ओलीलाई फोनबाटै आग्रह गर्नु भयो,’ कांग्रेस सहमहामन्त्री प्रकाशशरण महतले भने, ‘२९ गते सरकारविरुद्ध सरकारको प्रदर्शन छ। त्यसको तयारीको लागि पनि सभापति ज्युले बैठकमा आउन भ्याइँदैन भनेर प्रधानमन्त्री ज्युलाई भन्नु भएको छ।’

    उनले कांग्रेसले सरकारविरुद्धको प्रदर्शनको विषयहरुलाई अन्यत्र मोड्न प्रधानमन्त्री ओलीले बैठक डाकेको आरोप पनि लगाए। कांग्रेसले मंसिर २९ गते देशभर सरकारविरुद्ध प्रदर्शनको कार्यक्रम तय गरेको छ। प्रधानमन्त्री केपी ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहालसँग सल्लाह नै नगरी संवैधानिक परिषदको बैठक डाकेका थिए।

    पार्टीमा अल्पमतमा परेका बेला संवैधानिक परिषदहरुमा नियुक्ति गरेर बलियो बन्न खोजेको ओलीलाई देउवाको टेलिफोनले अर्काे धक्का लागेको छ।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend