बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

बालुवाटार बोलाएर ओलीले देउवासँग बिन्ति बिसाए पछि . . .

बालुवाटार बोलाएर ओलीले देउवासँग बिन्ति बिसाए पछि . . .

  • मिडिया डबली
  • शनिवार, मंसिर २७ २०७७

  • 9.0K
    SHARES

  • बालुवाटार बोलाएर ओलीले देउवासँग बिन्ति बिसाए पछि . . .
    फाइल तस्वीर

    काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओली र काँग्रेस सभापति शेरबहादुर देउवाबीच शुक्रबार साँझ भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओली र देउवाबीच भेटवार्ता भएको हो ।

    प्रधानमन्त्री ओलीले संवैधानिक परिषद्को बैठक आगामी मंसिर २८ गतेको लागि बोलाएको सन्दर्भमा सोही विषयमा छलफलका लागि भेटवार्ता भएको कांग्रेस केन्द्रीय सदस्य रमेश लेखकले जानकारी दिए। भेटमा कांग्रेसको तर्फबाट देउवा र लेखक अनि नेकपाको तर्फबाट प्रधानमन्त्री ओली र नेकपाका संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङको सहभागीता थियो।

    भेटका क्रममा ओलीले संवैधानिक नियुक्तिमा सहयोग गर्न आग्रह गरेको बताइएको छ । पार्टीभित्रको विवादका कारण नियुक्तिहरुमा पार्टीभित्रबाटै असहयोग हुन सक्ने भन्दै ओलीले देउवाको साथ खोजे हुन्। ओलीले नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाललाई थाहै नदिइ संवैधानिक परिषदको बैठक आइतबारको बिहान नौ बजेको लागि डाकेका छन्।

    ओलीले सहयोग गर्न आग्रह गरेपछि देउवाले पार्टीमा छलफल गरेपछि मात्रै निर्णय हुने बताएको बुझिएको छ। संवैधानिक निकायका ४५ पद रिक्त छन्।  

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, बैशाख २५ २०७७०४:००:१५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend