आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

काठमाण्डौका किवी वाइनको डिलरलाई धनकुटामा फ्याक्ट्री भिजिट

काठमाण्डौका किवी वाइनको डिलरलाई धनकुटामा फ्याक्ट्री भिजिट

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २६ २०७७

  • 7.7K
    SHARES

  • काठमाण्डौका किवी वाइनको डिलरलाई धनकुटामा फ्याक्ट्री भिजिट

    धनकुटा - नेपालमै पहिलो किवीको वाइन विक्रीमा ल्याएको माउण्ट एभरेष्ट वाइनरी उद्योगले बागमती अञ्चलका आफ्ना डिलरहरुलाई वाइन उत्पादन हुने फ्याक्ट्री भिजिट गराएको छ ।

    काठमाण्डौ क्षेत्रबाट आएका डिलरहरु वाइनबाट बनेको पहिलो फ्याक्ट्री देखेर दंग परेका छन । काठमाण्डौ क्षेत्रमा किवीको वाइन अत्याधिक मन पराए पछि अहिले वाइन उद्योगले धनकुटाको राजारानीमा रहेको आफ्नो फ्याक्ट्रीमा डिलरका सञ्चालकहरुलाई बोलाएको हो ।

    वाइन उद्योगका प्रबन्धनिर्देशक विष्णु बास्तोलाले भने आफुले बेच्ने ब्राण्डको वाइन फ्याक्ट्री हेराउनलाई काठमाण्डौबाट झिकाएका हौ । नेपाली बजारमा पाइने अन्य वाइनभन्दा प्रिन्सेस वाइन फरक स्वादमा बजारमा आएको बास्तोला बताउँछन ।

    ‘प्रिन्सेस वाइनले वाइन पारखी उपभोक्ताको मन जित्न सफल हुनेमा हामी विश्वस्त छौं,’ उनले भने । उद्योगले रेड र ह्वाइट वाइन उत्पादन गरिरहेको छ । उद्योगले उत्पादन गरेकाके ‘प्रिन्सेस’ ब्राण्डबाट वाइन बजारमा लोकप्रिय भए सँगै उद्योग उत्साहित भएको उद्योगका अध्यक्ष हरेराम साह बताउँछन ।

    हामीले अहिले प्रदेश एकका अन्य सहरमा वाइन समेत दिन सकेका छैनौ । केहि दिन भित्र प्रदेश एकका सहरहरुमा वाइन लौजादै छौ उनले भने ।

    राजधानी काठमाडौंसहित मुख्य बजारमा वाइनको बिक्री सुरु भएको उद्योगले जनाएको छ । किवी लगायतका फलफूलका लागि उद्योगले किसानहरुसँग सहकार्य गरेको छ ।

    ‘उद्योग आफैले पनि किवी खेतीमा लगानी गर्ने तयारीमा रहेको जनाएको छ । उद्योगबाट उत्कृष्ट क्वालिटीको वाइन उत्पादन गर्न सफल भएकाले बजारमा माग अत्याधिक बढ्दै गएको उनीहरुको दाबी छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २६ २०७७०४:५९:२५
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend