बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

ओली सरकारलाई गफ दिँदै ठिक्क छ, हुम्लामा १४ घण्टा लोडसेडिङको के मतलब !

ओली सरकारलाई गफ दिँदै ठिक्क छ, हुम्लामा १४ घण्टा लोडसेडिङको के मतलब !

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.6K
    SHARES

  • ओली सरकारलाई गफ दिँदै ठिक्क छ, हुम्लामा १४ घण्टा लोडसेडिङको के मतलब !

     काठमाडौं – जुम्लाको चन्दननाथ नगरपालिकाभित्र रहेको खलङ्गा बजारमा ९४ घण्टासम्म लगातार लोडसेडिङ हुने गरेको छ। बाल्नका लागि नभइ ९४ घण्टापछि देखाउका लागि विद्युत दिने गरिएपछि स्थानीय आक्रोशित बनेका छन्‌। जुम्लाको खलंगामा बस्ने वासिन्दा तीन सातादेखि अँध्यारोमा छन्।

    दियालोको भरमा अँध्यारो छिचोल्ने बानी परिसकेको छ। यहाँका नागरिकले चर्को लोडसेडिङ मार खेप्ने गरे पछि कुनै निकायको ध्यान पुगेको छैन। घुघुत्ती साना जलविद्युत आयोजनाको दुबै मेसिन बिग्रेपछि जुम्ली नागरिकले लोडसिडङको चर्को मार खप्नु परेको हो। सिंजा गाउँपालिका–६ जोडु गाउँकी शान्ता बुढाले छोराको पठनपाठनका लागि सदरमुकाम खलंगामा आएको, तर यहाँ पनि बिजुली नियमित नहुँदा झन्‌ समस्या भएको बताइन्‌।

    ‘अहिले यहाँ चार दिनमा एक दिन दुई घण्टा मात्रै बिजुली आउँछ,’उनले भनिन्, ‘सहजताका लागि गाउँबाट शहर आएकी हुँ, शहरमै दियालोको भरमा रात काट्नु परेको छ।' घुघुती विद्युत गृहमा मेसिन बिग्रिएपछि सदरमुकाम खलंगा बजारसहित सिंगो चन्दननाथ नगरपालिका अन्धकारमय बनेको छ।

    वैकल्पिक व्यवस्थाका ल्याइएका डिजेल प्लान्ट पनि इन्धन अभावले एक दिनमा ६ घण्टा मात्रै चलाउने गरिएको छ। एक वर्षअघि सांसद गजेन्द्रबहादुर महतको पहलमा विद्युत् प्राधिकरणले एक करोड रुपैयाँ लगानीमा ३ सय केभीको डिजेल प्लान्ट जुम्ला पठाएको थियो। विद्युतगृहका उपकरण बिग्रिएपछि र इन्धन अभावमा प्लान्ट सञ्चालन हुन सकेन। त्यसयता खलंगा अन्धकारमय बनेको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend