आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

अमेरिकी राष्ट्रपति बाइडेनको छोरामाथि करछलीको अनुसन्धान

अमेरिकी राष्ट्रपति बाइडेनको छोरामाथि करछलीको अनुसन्धान

  • मिडिया डबली
  • बिहिवार, मंसिर २५ २०७७

  • 4.0K
    SHARES

  • अमेरिकी राष्ट्रपति बाइडेनको छोरामाथि करछलीको अनुसन्धान

     काठमाडौं – अमेरिकाको राष्ट्रपतिमा निर्वाचित भएका जो बाइडेनका छोरा हन्टर बाइडेनमाथि उनको कर गतिविधिलाई लिएर अनुसन्धान भइरहेको खुलेको छ । हन्टर बाइडेनले वक्तव्य जारी गरेर डेलवर राज्यमा संघीय अधिकारीहरुले आफ्नो कर गतिविधिबारे छानबिन गरिरहेको औपचारिक जानकारी दिएका हुन् ।

    हन्टर बाइडेनले आफूमाथि भइरहेको अनुसन्धानलाई ‘गम्भीर रुपमा’ लिएको र ‘वस्तुगत’ अनुसन्धानले आफ्ना गतिविधिहरु ‘कानूनी र सही’ रहेको स्पष्ट हुनेमा ढुक्क रहेको बताएका छन्। बाइडेन–ह्यारिस ट्रान्जिसन टिमले राष्ट्रपतिमा निर्वाचित बाइडेन आफ्ना पुत्रप्रति ‘गौरवान्वित’ रहेको उल्लेख गरेको छ ।

    पछिल्ला महिनाहरुमा भएका गम्भीर र तथ्यहिन व्यक्तिगत आक्रमणहरु सहरे हन्टर थप बलियो बनेको वक्तव्यमा उल्लेख छ । हन्टर बाइडेनले अनुसन्धानका बारेमा मंगलबार थाहा पाएको उल्लेख गरेका छन् । तर उनले अनुसन्धानको थप विवरण भने सार्वजनिक गरेका छैनन् ।

    बाइडेनका ५० वर्षे छोरा हन्टरमाथि रिपब्लिकनहरुले यो वर्षको चुनावको क्रममा लगातार आक्रमण गर्ने गरेका थिए । युक्रेन र चीनसँगको उनको व्यवसायिक सम्बन्धलाई लिएर रिपब्लिकनले निशाना बनाउने गरेका छन् । एजेन्सी

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आश्विन ९ २०७७०८:०२:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend