बिहिवार, आश्विन २२ २०८३Oct 08 2026

Logo
images images

केपी ओलीको पानी जहाज कार्यालयको प्रगती एक प्रतिशत पनि छैन, बजेट मात्रै सकियो !

केपी ओलीको पानी जहाज कार्यालयको प्रगती एक प्रतिशत पनि छैन, बजेट मात्रै सकियो !

  • मिडिया डबली
  • मंगलवार, मंसिर २३ २०७७

  • 4.5K
    SHARES

  • केपी ओलीको पानी जहाज कार्यालयको प्रगती एक प्रतिशत पनि छैन, बजेट मात्रै सकियो !

     काठमाडौं – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखिएको छ। पानीजहाज सञ्चालन गर्ने योजनालाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारको फ्ल्यागसिप कार्यक्रमको रुपमा लिइन्छ। सोमबार राष्ट्रिय विकास समस्या समाधान उप–समितिको बैठकमा भौतिक योजना मन्त्रालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखाएको हो।

    मंगलबारबाट सुरु भएको भर्चुअल समीक्षा बैठकमा भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले प्रस्तुत गरेको विवरणमा पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.४८ प्रतिशत रहेको छ। समग्रमा भने मन्त्रालयले वित्तीय प्रगति ४०.४९ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत रहेको जनाएको छ। 

     ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पुरा भएको सचिव रविन्द्र नाथ श्रेष्ठले प्रस्तुत गर्नुभयो’ समितिको प्रेस नोटमा भनिएको छ ‘जसअनुसार सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ।’

    भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए। समितिको अध्यक्ष योजना आयोगका उपाध्यक्ष हुने गरेका छन्। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे (ऊर्जा), सिंचाई सचिव मधुसुदन अधिकारी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

    त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति गरेको जानकारी सचिव रेश्मीराज पाण्डेले दिए। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जातर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिंचाईतर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गरे। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए।

    युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार सो मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत पुरा भएको छ। केपी ओलीको पानी जहाज कार्यालयको प्रगती एक प्रतिशत पनि छैन, बजेट मात्रै सकियो ! काठमाडौं – चालु आर्थिक वर्षको पहिलो चौमासिकमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखिएको छ।

    पानीजहाज सञ्चालन गर्ने योजनालाई प्रधानमन्त्री केपी शर्मा ओली सरकारको फ्ल्यागसिप कार्यक्रमको रुपमा लिइन्छ। सोमबार राष्ट्रिय विकास समस्या समाधान उप–समितिको बैठकमा भौतिक योजना मन्त्रालयले प्रस्तुत गरेको प्रगति प्रतिवेदनमा पानीजहाज कार्यालयको वित्तीय र भौतिक प्रगति एक प्रतिशतभन्दा कम देखाएको हो। मंगलबारबाट सुरु भएको भर्चुअल समीक्षा बैठकमा भौतिक पूर्वाधार तथा योजना मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठले प्रस्तुत गरेको विवरणमा पानीजहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.४८ प्रतिशत रहेको छ। समग्रमा भने मन्त्रालयले वित्तीय प्रगति ४०।४९ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत रहेको जनाएको छ।

    ‘भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको वित्तीय प्रगति ४०.९४ प्रतिशत र भौतिक प्रगति ४२.६६ प्रतिशत पुरा भएको सचिव रविन्द्र नाथ श्रेष्ठले प्रस्तुत गर्नुभयो’ समितिको प्रेस नोटमा भनिएको छ ‘जसअनुसार सडक विभागको वित्तीय प्रगति ४३ प्रतिशत, भौतिक प्रगति ४६.४ प्रतिशत, रेल विभागको वित्तीय प्रगति २७.६३ प्रतिशत र भौतिक प्रगति २७.६३ प्रतिशत, यातायात व्यवस्था विभागको वित्तीय प्रगति २.३२ प्रतिशत, नेपाल पानी जहाज कार्यालयको वित्तीय प्रगति ०.४७ प्रतिशत र भौतिक प्रगति ०.८४ प्रतिशत रहेको छ।’

    भर्चुअल बैठकमा पहिलो दिन भौतिक पूर्वाधार, तथा यातायात, रक्षा, उर्जा, जलस्रोत तथा सिंचाई, महिला बालबालिका तथा जेष्ठ नागरिक र युवा तथा खेलकुद मन्त्रालयले आफ्नो प्रथम चौमासिक प्रगति विवरण प्रस्तुत गरेका थिए। समितिको अध्यक्ष योजना आयोगका उपाध्यक्ष हुने गरेका छन्। बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव रविन्द्रनाथ श्रेष्ठ, रक्षा मन्त्रालयका सचिव रेश्मीराज पाण्डे, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरे (ऊर्जा), सिंचाई सचिव मधुसुदन अधिकारी, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका सहसचिव बुद्ध गुरुङ र युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाले आफ्नो मन्त्रालयको प्रथम चौमासिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए।

    त्यस्तै रक्षा मन्त्रालयको वित्तीय प्रगति ३४.५७ प्रतिशत र भौतिक ३३.६३ प्रगति गरेको जानकारी सचिव रेश्मीराज पाण्डेले दिए। उर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयको वित्तीय प्रगति ६७.७३ प्रतिशत र भौतिक प्रगति ७६.७४ प्रतिशत रहेकोमा ऊर्जातर्फ वित्तीय प्रगति ७८ प्रतिशत र भौतिक प्रगति ७७.८८ प्रतिशत, जलस्रोत तथा सिंचाईतर्फ वित्तीय प्रगति ४२.६६ प्रतिशत र भौतिक प्रगति ७३.६४ प्रतिशत रहेको सहसचिव नुर मोहम्मद खाँले प्रस्तुत गरे। महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयको वित्तीय प्रगति ३०.३८ प्रतिशत भएको सहसचिव बुद्ध गुरुङले जानकारी दिए। युवा तथा खेलकुद मन्त्रालयका सचिव रामप्रसाद थपलियाका अनुसार सो मन्त्रालयको वित्तीय प्रगति ८५.२२ प्रतिशत र भौतिक प्रगति ९५.१० प्रतिशत पुरा भएको छ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:३८:१४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend