बिहिवार, आश्विन २९ २०८३Oct 15 2026

Logo
images images

ओली सरकारले कोरोना परीक्षण ह्वात्तै घटाएपछि विज्ञको यस्तो चेतावनी

ओली सरकारले कोरोना परीक्षण ह्वात्तै घटाएपछि विज्ञको यस्तो चेतावनी

  • मिडिया डबली
  • सोमवार, मंसिर २२ २०७७

  • 3.7K
    SHARES

  • ओली सरकारले कोरोना परीक्षण ह्वात्तै घटाएपछि विज्ञको यस्तो चेतावनी

    काठमाडौं – कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पीसीआर परीक्षण केही दिनयता उल्लेख्य रूपमा घटेपछि संक्रमण नियन्त्रण थप चुनौतीपूर्ण भएको छ ।

    सरकारी प्रयोगशालामा केही महिनाअघिसम्म दिनमा १० हजारभन्दा बढी नमूनाको पीसीआर परीक्षण हुने गरेकामा हाल ६ हजार हाराहारी परीक्षण भइरहेको छ ।

    सरकारले परीक्षणमा कमी ल्याउने मनसायले बनाएको टिप्पणी गर्दै विज्ञहरूले न्यून परीक्षणले कुनै पनि बेला संक्रमण ह्वात्तै बढ्न सक्ने चेतावनीसमेत दिएका छन् ।

    इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनीले पीसीआर परीक्षण प्रक्रियालाई सरकारले ‘नियोजन’ गर्न खोजेको बताए । ‘परीक्षण गराउन गएकाहरू स्वास्थ्य संस्थाले तपाईं निःशुल्कको दायरामा पर्नुभएन, शुल्क तिर्नुपर्छ भन्दा त्यत्तिकै फर्कने गरेका छन्,’ उनले भने । 

    उनले हाल कन्ट्याक्ट ट्रेसिङ नभएर पनि नमूना कम संकलन भइरहेको बताए । वरिष्ठ जनस्वास्थ्यविद् डा. राजेन्द्र बीसीले वाग्मती प्रदेशमा ३ दिनयता ६० देखि ७० प्रतिशतसम्म परीक्षण निजी प्रयोगशालामा भइरहेको बताए । कोभिड परीक्षण गर्ने सबैभन्दा बढी निजी प्रयोगशाला वाग्मती प्रदेशमा छन् ।

    डा. बीसीले विभिन्न बाध्यताका कारण आमनागरिकले खुलेर परीक्षण गराउन नचाहने गरेको बताए । सरकारले समेत परीक्षण गराउनुस् भनेर प्रोत्साहन गरेको पाइएको छैन,’ उनले भने । हाल कुनै बाध्यकारी परिस्थितिमा मात्र परीक्षण गराउनेहरू बढी देखिएका डा. बीसीको भनाइ छ ।

    मुलुकको केन्द्रीयस्तरको एक मात्र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला (एनपीएचएल) मा पहिले दिनमा हजारौंको पीसीआर परीक्षण गरेको थियो । हाल १–२ सय नमूनाको मात्र परीक्षण भइरहेको छ । ‘आइतवार एनपीएचएलले १०८ वटा नमूनाको पीसीआर परीक्षण गर्दा २८ पोजिटिभ देखियो, त्यहाँ हिजो २५५ र अस्ति ३ सय ६४ नमूनाको परीक्षण भएको थियो,’ डा. बीसीले भने, ‘अहिले सरकारी ४५ र निजी ३३ वटा गरी जम्मा ७८ वटा प्रयोगशाला भए पनि परीक्षण अत्यन्त न्यून छ ।’ आजको कान्तिपुर दैनिकमा समाचार प्रकाशित छ ।

    पहिले मुलुकभरिमा सबैभन्दा बढी परीक्षण एनपीएचएलमा हुने गरेको थियो । ‘त्यसताका हामीकहाँ अधिकांश नमूना बाहिरबाटै संकलित हुन्थ्यो । यहाँ हामीले सयभन्दा कमै नमुना संकलन गर्थ्यौं,’ एनपीएचएलकी निर्देशक डा. रुना झाले भनिन् । अहिले बाहिरबाट दिनमा २०० देखि २५० नमूना मात्र आइरहेको उनले बताइन् ।

    ‘केही महिनाअघिसम्म दिनमा ५ हजारसम्म नमूना बुझ्ने गरेका थियौं,’ उनले भनिन् । पहिले विभिन्न पेशागत समूहबाट संकलन गरिने नमूना समेत धेरै हुन गर्थ्यो । एनपीएचएलकै एक प्राविधिकले सरकारले निःशुल्क परीक्षणको मापदण्ड झन्झटिलो बनाएकाले पनि नमूना घटेको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend